Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बालुवाटारमासर्वदलीय बैठक जारी, एमाले र राप्रपाद्वारा बहिष्कार

बालुवाटारमासर्वदलीय बैठक जारी, एमाले र राप्रपाद्वारा बहिष्कार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १४, २०७८ बिहिवार • ११:५९:३६ बजे
  • 715
    SHARES
  • बालुवाटारमासर्वदलीय बैठक जारी, एमाले र राप्रपाद्वारा बहिष्कार

    प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा बोलाइएको सर्वदलीय बैठक बालुवाटारमा जारी छ ।

    images

    प्रधानमन्त्रीको सरकारी निवास बिहान साढे १० बजेदेखि बैठक सुरु भएको हो । तर बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपालेको भने उपस्थिति नरहेको जनाइएको छ ।

    प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरु बैठकमा आएका छैनन् ।

    एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त बैठकमा नजाने यसअघि नै जानकारी आइसकेको थियो ।

    संसदको गतिरोध अन्त्य र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको थियो ।

    बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, कानुनमन्त्री ज्ञानेन्द्र कार्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव बेदुराम भुसाललगायत सहभागी रहेको जनाइएको छ ।

    यस्तै, जतना समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो, राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल लगायत नेताहरु बैठकमा सहभागी भएको सचिव भानु देउवाले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology