Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमाले संवाद र वार्ताबाट भाग्यो :प्रवक्ता कार्की

एमाले संवाद र वार्ताबाट भाग्यो :प्रवक्ता कार्की

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १४, २०७८ बिहिवार • १३:२६:१४ बजे
  • 820
    SHARES
  • एमाले संवाद र वार्ताबाट भाग्यो :प्रवक्ता कार्की

    सर्वदलीय बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संवाद र वार्ताबाट भागेको निष्कर्ष निकालेको छ ।

    images

    प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बिहीबार बालुवाटारमा बसेको संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले प्रमुख प्रतिपक्षी दल एमाले संवाद र वार्ताबाट भागेको निष्कर्ष निकालेको हो ।

    ‘यसअघि सभामुखले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएन,’ बैठकपछि सरकारका प्रवक्तासमेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘आज प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा पनि एमाले प्रतिनिधि सहभागी भएनन् ।

    हामीलाई लागेको छ, उहाँहरू संवाद र वार्ताबाट भागिरहनु भएको छ ।’

    संसदमा भइरहेको गतिरोध अन्त्यका लागि एमाले पनि जिम्मेवार बन्नुपर्ने र यसका लागि वार्ता र संवादमा आउन पनि बैठकले एमालेलाई आह्वान गरेको छ ।

    एमालेको अवरोधका कारण संसद बैठकमा विभिन्न विधेयक पेस हुन नपाएको कार्कीले बताए । संसद् अधिवेशन गर्ने विषयमा कुनै कुरा नभएको उनले ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology