Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रतिक्रियावादीको रणनीति परास्त गर्‍यौँ : प्रचण्ड

प्रतिक्रियावादीको रणनीति परास्त गर्‍यौँ : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १४, २०७८ बिहिवार • १३:५४:२२ बजे
  • 823
    SHARES
  • प्रतिक्रियावादीको रणनीति परास्त गर्‍यौँ : प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलन र उपलब्धी समाप्त पार्ने रणनीति परास्त गरेको बताएका छन् ।

    images

    पेरिसडाँडामा सहीद प्रतिष्ठान नेपालको बाह्रौँ वार्षिक साधारणसभालाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले डेढ वर्षयता जनयुद्ध र जनआन्दोलनका उपलब्धि उल्ट्याउन खोज्ने प्रतिक्रान्तिकारी र प्रतिगमनकारीलाई पराजित गरेको बताए ।

    “गएको डेढ वर्षदेखि लगातार हामी जनयुद्ध र जनआन्दोलनका उपलब्धि उल्ट्याउन खोज्ने प्रतिक्रान्तिकारी र प्रतिगमनकारी प्रवृत्तिसँग संघर्ष गर्‍यौं ।

    त्यो ब्याटलमा हामी विजयी भएका छौँ,” एमाले अध्यक्ष केपी ओलीतर्फ संकेत गर्दै उनले भने,“हामी पराजित भएको भए संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्ट्याउने, समावेशी समानुपातिक मौलिकलगायत प्राप्त अधिकार उल्टिने खतरा थियो ।”

    ओलीले चालेका कदमविरुद्धको लडाइँलाई प्रचण्डले अर्को जनयुद्धको नाम पनि दिए । “जसरी जनयुद्धमा प्रतिक्रियावादीले हामीलाई घेरा हाल्ने सखाप पार्ने रणनीति लिएका थिए हामीले घेरा तोड्ने र प्रतिरोध गर्ने रणनीति लिएका थियौँ ।

    अहिले शान्ति प्रक्रिया भएको १५ वर्षपछि पनि फेरि त्यहीँ लडाइँ भयो,” उनले भने, “उनीहरूले घेरा हाल्ने, सखाप पार्ने, हाम्रा राजनीतिक एजेन्डा सखाप पार्ने, हाम्रो नेतृत्वलाई सखाप पार्ने रणनीति लिए ।

    हामीले फेरि घेरा तोड्ने र प्रतिरोध गर्ने भएर सडकमै गयौं र लाखौ जनताको साथमा आन्दोलित भयौं । 

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology