Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

किम जोङ उन दक्षिण कोरियासँग हटलाइन खोल्न तयार

किम जोङ उन दक्षिण कोरियासँग हटलाइन खोल्न तयार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १४, २०७८ बिहिवार • १५:४३:५३ बजे
  • 1.0K
    SHARES
  • किम जोङ उन दक्षिण कोरियासँग हटलाइन खोल्न तयार

    उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँग मेलमिलापका लागि हटलाइन सेवा बहाल गर्ने तयारीमा भएको बताएको छ ।

    images

    उनको ताजा बयान उत्तर कोरियाको संसदको वार्षिक सत्रका बेला आएको छ । उत्तर कोरियाले यो वर्ष अगस्टमा अमेरिकासँग दक्षिण कोरियाले सैन्य अभ्यास गरेपछि यो हटलाइन बन्द गरेको थियो ।

    संसद सत्रका बेला किम जोङ– उनले अमेरिकामाथि आरोप लगाउँदै उसले कोरियाप्रतिच आफ्नो ‘शत्रुतापूर्ण नीति’ परिवर्तन नगरीकनै कुराकानीको प्रस्ताव राखेको बताए ।

    सरकारी समाचार संस्था केसीएनएले किम जोङ–उनलाई उद्धृत गर्दै भनेको छ, ‘अमेरिकाले कूटनीतिक सम्बन्धबारे कुरा गरिरहेको छ र तर यो अन्तरराष्ट्रिय समुदायलाई धोक दिने र आफ्नो शत्रुतापूर्ण कामलाई लुकाउने आफ्नो सानो कदम हो ।

    यो अमेरिकी प्रशासनद्वारा लगातार आपनाइएको शत्रुतापूर्ण नीतिका नै विस्तार हो ।’ यद्यपि, किम जोङ–उन दक्षिण कोरियासँग शान्तिको सशर्त प्रस्ताव बढेको देखिएको छ ।

    केसीएनएको रिपोर्टमा भनिएको छ, ‘किम जोङ–उनले कोरियाको दुई देश बीच हटलाइनलाई अक्टोबर अघि बहाल गर्ने इच्छा व्यक्त गरेका छन् । 

    दुई देशको सम्बन्धलाई बहाल गरिने वा वर्तमान स्थिति झैं बिग्रिरहन दिने भन्ने कुरा चाहिँ दक्षिण कोरियाको अधिकारीको व्यवहारमा निर्धारण गर्छ ।’

  • सम्बन्धित विषय:

  • # किम जोङ उन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology