Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मौसमी राष्ट्रवादीले चुच्चे नक्सा लुकाए : रञ्जीत तामाङ

मौसमी राष्ट्रवादीले चुच्चे नक्सा लुकाए : रञ्जीत तामाङ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १४, २०७८ बिहिवार • १५:५४:४७ बजे
  • 2.6K
    SHARES
  • मौसमी राष्ट्रवादीले चुच्चे नक्सा लुकाए : रञ्जीत तामाङ

    अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङले ‘मौसमी राष्ट्रवादीले चुच्चे नक्सा लुकाएको आरोप लगाएका छन् ।

    images

    बिहीबार राजधानीमा अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले ‘मौसमी राष्ट्रवादीहरू देशकै समस्या’ भएको बताउँदै यस्तो उनले यस्तो आरोप लगाएका हुन् ।

    “हिजो हामी सबैको समर्थन र दबाबमा चुच्चे नक्सा छापिएको थियो, तर त्यो नक्सालाई पुस्तकमा छाप्न र विद्यार्थीहरूलाई अध्ययन गर्न दिइएन,” उनले भने, “यस्तै मौसमी राष्ट्रवादीहरूका कारण हाम्रो राष्ट्रियता बलियो हुन पाएको छैन ।”

    उनले अखिल क्रान्तिकारीको राष्ट्रिय भेला एउटा अध्यक्षका ठाउँमा अर्को अध्यक्ष बनाउनका लागि मात्र नभएको बताए ।

    विद्यार्थीको मुद्दा र नागरिकका समसामयिक विषयका मुद्दामा अघि बढ्न यो सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाई छ ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology