Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपा एमालेको प्रथम विधान महाधिवेशन आजबाट सुरु

नेकपा एमालेको प्रथम विधान महाधिवेशन आजबाट सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १५, २०७८ शुक्रवार • ०९:५९:४५ बजे
  • 892
    SHARES
  • नेकपा एमालेको प्रथम विधान महाधिवेशन आजबाट सुरु

    नेकपा एमालेको पहिलो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ ।

    images

    ललितपुरको गोदावरीमा रहेको सनराइज सम्मेलन हलमा सुरु हुने उक्त महाधिवेशनमा देशभरिबाट करिब ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने जनाइएको छ ।

    शुक्रबार (आज) एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन शत्रलाई अध्यक्ष ओलीलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

    बिहीबारै दिइएको जानकारी अनुसार उद्घाटन शत्रपछि बन्दशत्र सुरु हुनेछ । त्यसक्रममा अध्यक्ष ओलीले पार्टीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव सम्मेलनमा पेश गर्ने कार्यक्रम रहेको छ ।

    यी तीनवटै प्रस्ताव यसअघि पार्टीको केन्द्रीय कमिटी बैठकबाट पास गरिएको थियो । सम्मेलनको दोस्रो दिन अर्थात भोलि तीनवटै प्रस्तावमाथि समूहगत छलफल गरिने र १७ समूहगत छलफलबाट आएका सुझावको संक्षेपीकरण गर्दै सम्मेलन समापन हुने जनाइएको छ ।

    महाधिवेशन व्यवस्थापनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाकाे संयोजकत्वमा एक मूल व्यवस्थापन समिति गठन गरिएको छ ।

    समितिकाे सचिवमा शेरबहादुर तामाङ तथा सदस्यहरूमा कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशीला नेपाल र पासाङ शेर्पा रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # नेकपा एमाले
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology