Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमाले नेपाली जनताको सपना र चाहना पूरा गर्ने एकमात्रै पार्टी हो : प्रदीप ज्ञवाली

एमाले नेपाली जनताको सपना र चाहना पूरा गर्ने एकमात्रै पार्टी हो : प्रदीप ज्ञवाली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १५, २०७८ शुक्रवार • १५:११:५७ बजे
  • 1.3K
    SHARES
  • एमाले नेपाली जनताको सपना र चाहना पूरा गर्ने एकमात्रै पार्टी हो : प्रदीप ज्ञवाली

    नेकपा (एमाले) सचिव प्रदीपकुमार ज्ञवालीले एमाले पार्टी नभएको भए नेपालको संविधान नबन्ने दावी गरेका छन् ।

    images

    ललितपुरको गोदावारीमा जारी नेकपा (एमाले) प्रथम विधान महाधिवेशन सभामा बोल्दै सचिव ज्ञवालीले एमालेको अग्रणी भूमिका नभएको भए संविधान कार्यान्वयनसमेत नहुने बताए ।

    ‘नेपालमा नेकपा एमालेको अग्रणी भूमिका हुँदैन थियो भने अनेकौँ चुनौति र हस्तक्षेपलाई चिररे संविधान बन्दैन थियो,’ उनले भने, ‘संविधान कार्यन्वयका कामहरु अघि बढ्दैन थियो।

    एमाले नभएको भए भारतको नाकाबन्दीको सामना नेपालले गर्न सक्दैन थियो। देशको चुच्चे नक्सा देशले प्राप्त गर्न सक्दैन थियो।’

    उनले नेपालको राष्ट्रिय राजनीतिमा एमाले घरको छानो जस्तै भएको उल्लेख गरे । उनले भने, ‘नेकपा एमाले राष्ट्रिय राजनीतिमा घरको धुरी जस्तै हो । जसमा सबै संरचनाहरु अडिएको छन् ।

    राष्ट्रिय एकतार राष्ट्रियताका आधार स्तम्भको रुपमा एमाले उभिएको छ।’ महाधिवेशन कार्यक्रममा बोल्दै उनले एमाले नेपाली जनताको सपना र चाहना पूरा गर्ने एकमात्रै पार्टी भएको पनि जिकीर गरे ।

    नेकपा (एमाले)को नेतृत्व नभएको भए जनताको ओइलाएका सपनाहरुलाई व्यूँत्याएर देशलाई समृद्ध बनाउन सकिन्छ भन्ने आत्मविश्वास र सङ्कल्प राष्ट्रमा भर्न कतौबाट कसैलने नसक्ने उनको भनाइ थियो ।

    त्यस्तैगरी नेकपा (एमाले)लाई नेतृत्वबाट हटाउनु सरकारको बिस्थापन मात्रै नभर मुलुकको सङ्कल्पहरुलाई विस्थापन भएको उनको दावी छ ।

    नेकपा एमालेलाई सरकारबाट हटाउनु सरकारको बिस्थापन मात्रै नभर मुलुकको सङ्कल्पहरुलाई विस्थापन गर्न खोजिएको प्रयास हो,’ उनले भने, ‘एमाले पार्टीको विभाजन पार्टीको विभाजन मात्रै नभइ नेपालको लोकतन्त्र र सामाजिक आर्थिक रुपान्तरको प्रयासको विभाजन हो । तर ती कुराहरु किमार्थ पूरा हुन दिँदैनौँ।’

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology