Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

४ पूर्वप्रधानन्यायाधीशले पाए सफाइ

४ पूर्वप्रधानन्यायाधीशले पाए सफाइ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १५, २०७८ शुक्रवार • १५:४४:२५ बजे
  • 802
    SHARES
  • ४ पूर्वप्रधानन्यायाधीशले पाए सफाइ

    अदालतको अवहेलनामा मुद्दामा सर्वोच्च अदालतका ४ जना पूर्व प्रधानन्यायाधीशले सफाइ पाएका छन् ।

    images

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले अवहेलाना गरेको भन्दै दायर रिटमा मागदाबी नपुग्ने फैसला सुनाएको हो ।

    सफाइ पाउनेमा पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की रहेका छन् । उनीहरुलेप्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै संयुक्त वक्तव्य दिएका थिए ।

    सोही वक्तव्यले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता धनजीत बस्नेतले ४ पूर्व प्रधानन्यायधीश विरुघ सर्वोच्चमा रिट दायर गरेका थिए ।

    ‘सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन’मा स्नातकोत्तर

    त्रिभुवन विश्वविद्यालयले ‘सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन’ विषयमा स्नातकोत्तर तह सञ्चालनमा ल्याएको छ ।

    मानविकी तथा सामाजिक विज्ञान सङ्कायअन्तर्गत उक्त विषयमा भ्रष्टाचारको सिद्धान्त, राजनीति र भ्रष्टाचार, सुशासनका चुनैती, तथ्याङ्क विधि, विकास र भ्रष्टाचार, भ्रष्टाचारविहीन कानुन र संयन्त्र, नैतिकता र भ्रष्टाचार, भ्रष्टाचारको सामाजिक तथा सांस्कृतिक पक्षलगायत पठनपाठन हुनेछ ।

    दुई वर्षको समयअवधि तथा चार सेमिष्टर रहने उक्त अध्ययनमा अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक कूटनीतिसमेत पाठ्याक्रममा छ ।

    यहाँ आज आयोजित कार्यक्रममा डिन प्राडा कुसुम शाक्यले मुलुकको विकास तथा समृद्धिमा भ्रष्टाचार बाधक तत्वका रुपमा रहेको बताउँदै यसको न्यूनीकरणका लागि यो क्षेत्रको अति आवश्यक रहेको बताइन् ।

    सहायक डिन प्रा ताराप्रसाद अर्यालले यसको अध्ययनबाट भ्रष्टाचर निवारणका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गरे ।

    कार्यक्रम संयोजक डा योगेश रञ्जितले सुशासन अभिवृद्धि गरी आर्थिक पारदर्शी कायम गर्न सकिने त्यसले भ्रष्टाचर अन्त्य गर्ने विश्वास व्यक्त गरे ।

    साहित्यकार एवं अभियन्ता भरत जङ्गमले यस किसिमको अध्ययन शुरुआत भएकामा खुसी व्यक्त गर्दै आफू विगत पाँच दशकदेखि भ्रष्टाचर निवारणका क्षेत्रमा क्रियाशील रहेको बताए ।

    एन्टी क्रप्सन ऐकेडेमीका अध्यक्ष अनुप जङ्गमले आफ्नो संस्थाले प्रत्येक सेमिष्टरमा पहिलो हुने विद्यार्थीलाई रु ३६ हजार, दोस्रो र तेस्रोलाई १८÷१८ हजार छात्रवृत्ति प्रदान गर्ने जानकारी गराए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology