Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

जीपको ठक्करबाट दुई छात्राको मृ त्यु

जीपको ठक्करबाट दुई छात्राको मृ त्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १५, २०७८ शुक्रवार • १६:००:१० बजे
  • 928
    SHARES
  • जीपको ठक्करबाट दुई छात्राको  मृ त्यु

    जीपको ठक्करबाट गम्भीर घाइते भएका दुई छात्राको उपचारको क्रमममा मृ त्यु भएको छ ।

    images

    राप्ती प्रादेशिक अस्पताल दाङमा उपचारको क्रममा आज उनीहरूको मृ त्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलका अनुसार मृ त्यु हुनेमा शारदा नगरपालिका–६ बरलाकी करिब १८ वर्षीया रेखा बुढाथोकी र सोही ठाउँकी करिब १८ वर्षकी सुनिता नेपाली छन् ।

    शुक्रबार बिहान १० बजेतिर विद्यालय जाने क्रममा उनीहरूलाई जीपले ठक्कर दिएको थियो ।

    थारमारेबाट खलंगातर्फ आउँदै गरेको लु २ च ५७०१ नम्बरका जीपले शारदा नगरपालिका( २ स्थित राप्ती राजमार्गको बाङ्गे सल्ला नजिकै सडक छेउको छहारीमा बसेका उनीहरूलाई ठक्कर दिएको थियो ।

    चालक र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच आक्रोशित स्थानीयले दिउँसो २ बजेपछि राप्ती राजमार्ग बन्द गराएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology