Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अध्यक्षमण्डलमा अटाएनन् भीम रावल

अध्यक्षमण्डलमा अटाएनन् भीम रावल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १५, २०७८ शुक्रवार • १६:०९:२४ बजे
  • 1.7K
    SHARES
  • अध्यक्षमण्डलमा अटाएनन् भीम रावल

    नेकपा एमालेको विधान महाधिवेशन सुरु भएको छ । विधान महाधिवेशनमा अध्यक्ष केपी ओलीसहित सात सदस्यीय अध्यक्षमण्डल गठन भएको छ ।

    images

    युवराज ज्ञवाली र अष्ठलक्ष्मी शाक्य समेटिएका छन् भने स्थायी कमिटी सदस्यहरु सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा समेटिएका छन् ।

    नेकपा माओवादी केन्द्र छोडेर आएपछि स्थायी कमिटी सदस्य बनाइएका रामबहादुर थापा पनि समेटिएका छन् । तर, उपाध्यक्ष भीम रावल भने अध्यक्ष मण्डलमा समेटिएका छैनन् ।

    माधव नेपाल समूह छोडेर एमालेमा बसेपछि १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने, पार्टीलाई २०७५ साल जेठ दुई कै परिस्थितबाट अघि बढाउनुपर्ने र आफूले पाएको पुरानो जिम्मेवारी सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी फिर्ता हुनुपर्ने बताउँदै आएका छन् ।

    अध्यक्ष ओलीले भने आफूले लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिइसकेको भन्दै उनको जिम्मेवारी फिर्ता नहुने बताएका छन् ।

    माधव नेपालको टिम छोडर एमालेका बसेका १० स्थायी कमिटी सदस्यहरुलाई अघिल्लो केन्द्रीय कमिटी बैठकले गठन गरेका समूहहरुमा पनि नेतृत्व दिइएको थिएन ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology