Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

गौतम बुद्ध भारतीय हुन् भन्दै भारतीय विदेशमन्त्रीले दिए विवादित अभिव्यक्ति

गौतम बुद्ध भारतीय हुन् भन्दै भारतीय विदेशमन्त्रीले दिए विवादित अभिव्यक्ति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २५, २०७७ आइतवार • १३:३२:५८ बजे
  • 1.6K
    SHARES
  • गौतम बुद्ध भारतीय हुन् भन्दै  भारतीय विदेशमन्त्रीले दिए विवादित अभिव्यक्ति
    एजेन्सी । भारतीय विदेशमन्त्री एस.जयशंकरले गौतम बुद्ध भारतीय भएको दावी गरेका छन् । भारत चीन सम्बन्धमा शनिबार भर्चुअल सम्मेलनका क्रममा जयशंकरले गौतम बुद्ध भारतीय भएको दावी गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
     
    कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसारले बुद्धलाई भारतीय भनेर चिन्ने गरेको बताए । उनले भने, ‘हामीले महान भारतीय भनेर चिन्ने गौतम बुद्ध र महात्मा गान्धीलाई हो । हामीले मात्र होइन यी दुईलाई विश्वले नै महान भारतीयका रुपमा चिन्छ ।’
    भारतले पटक पटक गौतम बुद्धको जन्मस्थल लुम्बिनी भारतमा पर्ने दावी गर्दै आएको छ । त्यो दावीलाई पुष्टि गर्न भारतले नक्कली कपिलबस्तुसमेत बनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दुई वर्षअघि संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बुद्ध भारतमा जन्मिएको बताएका थिए ।
    नेपाल सरकारले प्रभावकारी कदम चाल्न नसक्दा उत्तरको छिमेकी चीनका विभिन्न सांस्कृतिक सहर र पश्चिमा देशमासमेत गौतम बुद्ध भारतमा जन्मिएको भनेर अध्यापनसमेत हुने गरेको छ ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology