मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तानविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेका छ ।
अध्यक्ष मुक्तानसहित ६ जनाविरुद्ध शुक्रवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता (सहसचिव) नारायणप्रसाद रिसालले बताए ।
आयोगले आरोपीहरुसँग २ लाख ६० हजार ९०० बिगो मागदावी लिएको छ ।
आर्थिक वर्ष २०७५ ७६ मा युवा क्षमता विकास तालिम र आधारभूत पत्रकारिता तालिम सञ्चालन गर्दा कामभन्दा बढी रकम भुक्तानी लिएर भ्रष्टाचार गरेको आयोगको ठहर छ ।
आयोगले फिलिंगो मिडियाका सञ्चालक रामकुमार रिजाल, गाउँपालिकाका तत्कालिन प्रशासकीय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखा परीक्षक त्रिलोक थापामगर र सामाजिक विकास अधिकृत मोहन प्रसाद पौडेललाई विपक्षी बनाएको छ ।
यसै गरी
जीपको ठक्करबाट गम्भीर घाइते भएका दुई छात्राको उपचारको क्रमममा मृ त्यु भएको छ ।
राप्ती प्रादेशिक अस्पताल दाङमा उपचारको क्रममा आज उनीहरूको मृ त्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलका अनुसार मृ त्यु हुनेमा शारदा नगरपालिका ६ बरलाकी करिब १८ वर्षीया रेखा बुढाथोकी र सोही ठाउँकी करिब १८ वर्षकी सुनिता नेपाली छन् ।
शुक्रबार बिहान १० बजेतिर विद्यालय जाने क्रममा उनीहरूलाई जीपले ठक्कर दिएको थियो ।
थारमारेबाट खलंगातर्फ आउँदै गरेको लु २ च ५७०१ नम्बरका जीपले शारदा नगरपालिका( २ स्थित राप्ती राजमार्गको बाङ्गे सल्ला नजिकै सडक छेउको छहारीमा बसेका उनीहरूलाई ठक्कर दिएको थियो ।
चालक र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच आक्रोशित स्थानीयले दिउँसो २ बजेपछि राप्ती राजमार्ग बन्द गराएका छन् ।