Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

एमालेको प्रथम विधान महाधिवेशन आज पनि जारी रहने ,समूहगत छलफल, सुझाव प्रस्तुत

एमालेको प्रथम विधान महाधिवेशन आज पनि जारी रहने ,समूहगत छलफल, सुझाव प्रस्तुत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १६, २०७८ शनिवार • ०९:५६:४६ बजे
  • 565
    SHARES
  • एमालेको प्रथम विधान महाधिवेशन आज पनि जारी रहने ,समूहगत छलफल, सुझाव प्रस्तुत

    नेकपा एमालेको प्रथम विधान महाधिवेशन आज पनि जारी रहने भएको छ ।

    images

    ललितपुरको सनराइज सम्मेलन केन्द्रमा शुक्रबारबाट सुरु भएको विधान महाधिवेशनको दोस्रो दिन आज समुहगत छलफलबाट प्रारम्भ हुनेछ ।

    महाधिवेशनको पहिलो दिन शुक्रबार अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरलले पेस गरेको सांगठानिक र उपहासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमाथि आजदेखि समूहगत रुपमा छलफल हुन लागेको हो ।

    समूहगत छलफलका लागि १० वटा समूह बनाइएका छन । महाधिवेशनमा सहभागी ६ हजार प्रतिनिधिलाई १० समूहमा विभाज गर्दा एक समूहमा ६ सय जना प्रतिनिधिहरु रहने छन ।

    यही प्रत्येक ६ सय जनाको समूहको छलफल आज विहान ८ बजेबाट सुरु हुनेछ । आजै दिउँसो २ बजेबाट सुझाव पेश गर्ने कार्यसूची तय भएको छ । सबै समूहका अध्यक्ष र सहजकर्ता तोकिएका छन ।

    जसअनुसार प्रदेश १ समूह कमा सुवास नेम्वाङ र भीम आचार्यले सहजिकरण गर्नेछन भने देवराज घिमिरेले अध्यक्षता गर्नेछन । त्यस्तै प्रदेश २ समूह खमा सत्यनारायण मण्डल र रघुविर महासेठले सहजिकरण गर्नेछन भने ज्वाला साहले अध्यक्षता गर्नेछन ।

    त्यस्तै वागमती प्रदेश समूह गको सहजिरकण गर्ने जिम्मा अष्टलक्ष्मी शाक्य र रामबहादुर थापालाई दिइएको छ । अध्यक्षता आनान्द पोखरेलले गर्नेछन ।

    गण्डकी प्रदेश समूह घको सहजिकरण पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङले गर्नेछन भने अध्यक्षता जगत विश्वकर्माले गर्दैछन । त्यस्तै लुम्बिनी समूह ङको सहजिरकणः विष्णु पौडेल र शंकर पोखरेलको जिम्मामा परेको छ भने अध्यक्षता लिला गिरीले गर्दैछन ।

    कर्णाली प्रदेश समूह चमा सहजिकरणको काम युवराज ज्ञवाली र यमलाल कँडेलको भागमा परेको छ भने गोरख बोगटीले अध्यक्षता गर्नेछन ।

    त्यसैगरी सुदूरपश्चिम प्रदेश समूह छको सहजिरकण भीम रावल र लेखराज भट्टले गर्दैछन । कर्ण थापाले अध्यक्षता गर्दैछन ।

    उपत्याका विशेष, सम्पर्क समन्वय कमिटी र प्रवास क्षेत्र समूह ज को सहजिकरणः छविलाल विश्वकर्मा र राजन भट्टराईले गर्दैछन भने अध्यक्षताः सुजिता शाक्यले गर्दैछन ।

    जनसंगठन समूह झ को सहजिकरणको जिम्मा गोकर्ण बिष्ट र टोपबहादुर रायमाझीलाई परेको छ भने सुनिता बरालले अध्यक्षता गर्दैछन ।

    केन्द्रीय निकाय र आयोग समूह ञ को सहजिरकण अमृत बोहोरा र पुष्प कडेँलले गर्दैछन भने अध्यक्षता भानुभक्त ढकालको जिम्मामा परेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology