Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भाडा नबुझाउने इन्टरनेट कम्पनीको तार काट्दै प्राधिकरण

भाडा नबुझाउने इन्टरनेट कम्पनीको तार काट्दै प्राधिकरण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १६, २०७८ शनिवार • १०:१०:१६ बजे
  • 1.6K
    SHARES
  • भाडा नबुझाउने इन्टरनेट कम्पनीको तार काट्दै प्राधिकरण

    नेपाल विद्युत् प्राधिकरणको पोल प्रयोग गरेर बढेको भाडा सम्झौता नगर्ने र नतिर्ने कम्पनीहरूको इन्टरनेटको तार काटिने भएको छ ।

    images

    भाडा तिर्ने सम्झौता गर्ने तर भाडा तिर्ने अप्टिकल फाइबरलगायत संरचना प्रयोग गरेर भाडा नतिर्ने इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकहरूको लाइन काटिने भएको हो ।

    प्रमधिकरणले अप्टिकल फाइबरलगायत संरचना प्रयोग गर्ने कम्पनीहरुका लागि बक्यौता भाडा बुझाउन र सम्झौता नवीकरणका लागि प्राधिकरणले शुक्रबारसम्म समय दिएको थियो ।

    प्राधिरणले उपलब्ध गराएको समयसम्ममा पनि सेवा प्रदायकहरू सम्पर्कमै नआएपछि शनिबारबाट तार काट्न लागिएको प्राधिकरणले जनाएको छ ।

    शनिबार (आज) बाट हरेक इन्टरनेट सेवा प्रदायकको एक–एकवटा प्वाइन्टमा सांकेतिक रूपमा तार काट्छौं, एक साता पर्खिँदा पनि भाडा नतिरेको खण्डमा काट्ने दरलाई बढाएर दुई वा सोभन्दा बढी प्वाइन्टमा काट्दै लैजान्छौं,’प्राधिकरणले भन्यो, ‘दुई महिनाभित्र यसलाई टुंग्याउनुपर्छ, अरु थुप्रै काम छन्, यसमा मात्र अल्झेर बस्ने समय छैन ।

    प्राधिकरणले देशभर प्राधिकरणको संरचना प्रयोग भएको ठाँउ सबैमा तार काट्ने जनाएका छ ।

  • सम्बन्धित विषय:

  • # तार काट्दै प्राधिकरण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology