Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

खगेन्द्र संग्रौला र बाबुराम भट्टराईको कटाक्ष : एमाले निभ्ने बेलाको बत्ति, कम्युनिस्ट नामको कलंक

खगेन्द्र संग्रौला र बाबुराम भट्टराईको कटाक्ष : एमाले निभ्ने बेलाको बत्ति, कम्युनिस्ट नामको कलंक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १६, २०७८ शनिवार • ११:५०:४० बजे
  • 1.3K
    SHARES
  • खगेन्द्र संग्रौला  र बाबुराम भट्टराईको कटाक्ष : एमाले निभ्ने बेलाको बत्ति, कम्युनिस्ट नामको कलंक

     पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई र बरिष्ठ साहित्यकार खगेन्द्र संग्रौला सामाजिक सञ्जालमा तत्काल प्रतिक्रिया व्यक्त गर्न माहिर मानिन्छन् ।

    images

    शुक्रबारदेखि शुरु भएको नेकपा एमालेको प्रथम विधान महाधिवेशनमाथि पनि डा. भट्टराई र संग्रौलाले टिप्पणी गर्न छुटाएनन् ।

    खास गरी एमाले अध्यक्ष केपी शर्मा ओलीको फोटो राखेर गरिएको तडक–भडक एवं कार्यकर्ताले गरेको स्कटिङप्रति भट्टराई र संग्रौलाले कटाक्ष गरेका छन् ।

    डा. भट्टराईले यसलाई ‘निभ्न लागेको बत्ति’को संज्ञा दिएका छन् भने लेखक संग्रौलाले ‘कम्युनिस्टका नामको कलंक’ भनेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै डा. बाबुराम भट्टराई भन्छन्, ‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो ।

    लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठूलो मूल्य चुकाउनुपर्नेछ ।’ खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो।

    लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठुलो मूल्य चुकाउनुपर्नेछ।नक्कली राष्ट्रवाद,नृजातीय अहंकारवाद,पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्त: स्टालिन,हिटलर र फासीवाद जन्माउने हो।

    चेतना भया! pic.twitter.com/B8SzzMuaIK — Baburam Bhattarai (@brb1954) October 2, 2021

    B11.jpg

    डा. भट्टराई अगाडि थप्छन्, ‘नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्तः स्टालिन, हिटलर र फासीवाद जन्माउने हो । चेतना भया !’ त्यसैगरी साहित्यकार खगेन्द्र संग्रौलाले केपी ओलीमाथि कटाक्ष गर्दै भनेका छन्, ‘बालकोट–गोदावरी बाटाभरि ओलीका फोटैफोटा । लामबद्ध भक्तद्वारा ओलीको गोदावरी सवारी चलान । मञ्चमा न मार्क्स, न पुष्पलाल । मञ्चमा केवल ओली, बोतलमा ओली ।’ बालकाेट-गाेदावरी बाटाभरि ओलीका फाेटैफाेटा।लामबध्द भक्तद्वारा ओलीकाे गाेदावरी सवारी चलान।मञ्चमा न मार्क्स न पुष्पलाल।मञ्चमा केवल ओली,बाेतलमा ओली।६ हजारकाे भीडमा एक राजा,अरू प्रजा;एक देवता,अरू दास।एक प्रभु ओलीकाे देवत्वकरणमा ६ हजार भक्तकाे दासत्वकरण।हैट्,कम्निस्ट नामकाे याे कलङ्क!

     Khagendra Sangroula (@belakoboli) October 2, 2021

    संग्रौला अगाडि भन्छन्, ‘६ हजारको भीडमा एक राजा, अरू प्रजा; एक देवता, अरू दास । एक प्रभु ओलीको देवत्वकरणमा ६ हजार भक्तको दासत्वकरण । हैट, कम्निस्ट नामको यो कलङ्क !’

  • सम्बन्धित विषय:

  • # खगेन्द्र संग्रौला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology