नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ३ बजे बैठक बस्न लागेको हो ।
बैठकमा सरकारमा पठाउने मन्त्रीको नामबारे छलफल हुने माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।
बैठकले अखिल क्रान्तिकारीको अध्यक्षको टुंगो समेत लगाउने जनाइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीले केहि समय अघि ५ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको थियो ।
माओवादीले यसअघि मन्त्री नभएकालाई सरकारमा पठाउने तयारी गरेको छ ।
अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाल मन्त्री भइसकेका छन् ।
माओवादीबाट तीन मन्त्री र एक राज्यमन्त्री थप्ने तयारी छ ।