Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काट्न सुरु

भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काट्न सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १६, २०७८ शनिवार • १४:३७:४७ बजे
  • 1.3K
    SHARES
  • भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काट्न सुरु

    चितवनमा बिजुलीको पोल भाडा नतिर्ने र भाडा सम्झौता पनि नगर्ने इन्टरनेट सेवा प्रदायकको तार काट्न सुरु गरिएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले शनिबारदेखि तार काट्न सुरु गरेको हो ।

    images

    प्राधिकरणले १५ असोजभित्र पोल भाडा तिर्न र भाडा सम्झौता गर्न इन्टरनेट तथा केबुल सेवा प्रदायक संस्थालाई समय दिएको थियो ।

    उक्त समयसीमाभित्र पनि ठूला इन्टरनेट सेवा प्रदायकले अटेरी गरेकाले उनीहरुको तार काट्न सुरु गरिएको भरतपुर वितरण केन्द्रले जनाएको छ ।

    भोजाडस्थित १३२ केभी सवस्टेसनबाट निकालिएका तारहरु वितरण केन्द्रको प्रमुखसहितका कर्मचारीले काटेका हुन् । प्रसारण लाइनका टावर हुँदै ल्याएका इन्टरनेटका तार १३२ केभी सवस्टेसनभित्र स्टेसन बनाएर राखिएको छ ।

    सवस्टेसनबाट निकालेर पोलमार्फत इन्टरनेट बिक्री गर्ने गरिन्छ । सेवा प्रदायकले टावरको भाडा नियमित तिरिरहेको भए पनि पोल भाडा भने तिरेका छैनन् ।

    प्राधिकरणको ग्राहक तथा वितरण सेवा निर्देशनालयको निर्देशन अनुसार पोल भाडा नतिर्ने सेवा प्रदायकको तारहरु शनिबार सांकेतिक रुपमा काटिएको भरतपुर वितरण केन्द्रका प्रमुख इञ्जिनियर राजिव सिंहले बताए ।

    “सम्झौता नगरिकनै पोल प्रयोग गरिरहेका र भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काट्न सुरु गरिएको छ,”उनले भने, “यो सांकेतिक रुपमा सुरु गरिएको छ ।

    सबै जिल्लामा इन्टनरनेट अवरुद्ध भएको छैन । तार काट्ने कामलाई निरन्तरता दिन्छौँ ।” भाडा सम्झौताका लागि छिटो आउन उनले सेवा प्रदायकलाई आग्रह पनि गरेका छन् ।

    नेपाल टेलिकम र एनसेलबाहेकका इन्टरेनटका तारहरु काटिएको उनले बताए । टेलिकम र एनसेलले पोल भाडा दिइसकेको उनको भनाइ छ ।

    जिल्लामा सुविसु, भायनेट, क्लासिक टेकलगायतका ठूला इन्टरनेट सेवा प्रदायकको सेवा अवरुद्ध भएका छन् ।

    स्थानीय इन्टरनेट तथा केबुल सेवा प्रदायकले पोल भाडा तिरिसकेको वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले बताए । २०७५ असारदेखि प्राधिकरणले पोल भाडा बढाएपछि प्राधिकरण र सेवा प्रदायकबीच विवाद बढेको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology