Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

देशको हिरो भनेको माओवादी नै हो, प्रचण्ड नै हो

देशको हिरो भनेको माओवादी नै हो, प्रचण्ड नै हो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १६, २०७८ शनिवार • १५:५१:४५ बजे
  • 1.3K
    SHARES
  • देशको हिरो भनेको माओवादी नै हो, प्रचण्ड नै हो

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको हिरो आफू नै रहेको बताएका छन् ।

    images

    शनिबार माओवादी केन्द्रको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै बुद्धिजीवी, नागरिक आन्दोलनकर्मीलगायत सबैले देशको हिरो प्रचण्ड नै हो भनेर भनेको उनले बताएका हुन् ।

    उनले भने, ‘अहिले थुप्रैसँग छलफल र भेला भइरहेको छ– विदेशी कूटनीति, बुद्धिजीवी, पत्रकार, पार्टीका साथीहरु, नागरिक आन्दोलकर्मी । र, सबैले भन्नुहुन्छ ​(टुक्रिनेहरुले पनि) देशको हिरो भनेको माओवादी नै हो, प्रचण्ड नै हो ।’

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई÷दुई पटक संसद विघटन गरेपछि बल्ल आफूले ज्ञान प्राप्त गरेको र मान्छे भएको पनि अध्यक्ष प्रचण्डले भनेका छन् ।

    उनका अनुसार दुईवटा खुड्किला पार गरेर आएपछि अहिलेचाहिँ मान्छे बन्ने अवर पाएँ । केपी ओली खलनायक भएको पनि पनि अध्यक्ष प्रचण्डले भनेका छन् ।

    उनले भने, ‘नायक नायक नै हुन्छ, खलनायक खलनायक नै हुन्छ । पहिलो र दोस्रो संसद विघटनको क्रियाकलापले त्यो प्रमाणित गर्यो ।’

    संसद विघटनका समयमा प्रतिक्रियावादी र आफ्नै साथीहरुले प्रचण्ड सकियो भन्दा औँधी पीडा भएको उनले बताएका छन् । उनले भने, ‘प्रतिक्रियावादीले पनि सिधियो ।

    आफ्नाले पनि सिधियो भन्दा पीडा हुँदोरहेछ । तर, अहिले यहाँ आउँदाचाहिँ म खुसी छु । सडकमा गइसकेपछि सुते भनेकाहरु उठेर आए, निराशा भएका जनताहरु लाखौँको संख्यामा सडकमा आउनुभयो । 

    हामीले भन्यो यो फेरि नयाँ जनयुद्ध सुरु भयो । हामी जेल, नेल र मृत्यु भोग्न पनि तयार तर, प्रतिक्रान्तिकारी षड्यन्त्र स्विकार गरिने छैन भनेर हामीले उद्घोष गर्यो ।’

    साथै, अहिले प्रतिक्रियावादीहरु जालझेल, षड्यन्त्र र रातो भेषमा आउने गरेको पनि उनले बताएका छन् । अध्यक्ष प्रचण्ड अघि बोलेका नेताहरुले माओवादीले अब गाउँ गाउँमा भण्डाफोर अभियान चलाउनुपर्ने बताएका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # देशको हिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology