Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एकीकृत समाजवादी समर्थित एकता मञ्च जापानको अध्यक्षमा रिजाल

एकीकृत समाजवादी समर्थित एकता मञ्च जापानको अध्यक्षमा रिजाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १६, २०७८ शनिवार • १६:४३:३८ बजे
  • 1.4K
    SHARES
  • एकीकृत समाजवादी समर्थित एकता मञ्च जापानको अध्यक्षमा रिजाल

    जापान,टोकियो/ नेकपा(एकीकृत समाजवादी)ले प्रवासमा आफ्नो सङ्गठनलाई बिस्तार गर्दे लगेको छ ।यसै क्रममा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च जापानको राष्ट्रीय संगठन कमिटी निर्माण भएको छ।

    images

    नेकपा(एकीकृत समाजवादी)पार्टीका पोलिटब्युरो सदस्य तथा प्रवास ईञ्चार्ज श्रीप्रसाद शाहको प्रमुख आतिथ्यतामा सागर रिजालको अध्यक्षमा ३५ सदस्यीय कमिटी गठन भएको हो।

    ईञ्चार्ज शाहले बर्तमान राजनैतिक परिस्थितिको बारेमा र समाजवादी आन्दोलनमा प्रवासी संगठनको भूमिका र दायित्व बारे प्रकाश पार्दै नव निर्वाचित कमिटीलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै ईमान्दार र कर्तब्य निष्ठ भै काम गर्न निर्देश दिँदै सपथग्रहण गराएका थिए।

    रिजाल अध्यक्ष रहेको कमिटीको उपाध्यक्षहरुमा चिन्तामणी आचार्य, भोजराज भण्डारी, द्रोण सिलवाल, भीम न्यौपाने, प्रकाश महरा छन्।

    महासचिव तिलक दाहाल,उपमहासचिव टक्कर कुवँर सचिवद्वय सचिन नेम्वाङ्ग, हरि लामिछाने, कोषाध्यक्ष श्रीकृष्ण अर्याल र सचिवालय सदस्य माधव आचार्य चुनिएका छन्।

    त्यसै गरी सदस्यहरूमा लक्ष्मी पाण्डे,ईन्दिरा कोईराला,रतन बोहोरा,राज सापकोटा,मुकुन्द भण्डारी,भुवन घिमिरे,सुरेन्द्र थापा,रत्ना कुवँर,हिमांसु सिं ठकुरी,बिश्वास न्यौपाने, जनकराज मण्डल,प्रदिप अर्याल,शिक्षा सत्याल,निर्प कुवँर,प्रल्हाद अधिकारी, नरेन्द्र भण्डारी,सन्दिप खत्री,मानबहादुर महरा,ऊद्धव अर्याल,कृष्ण प्रसाद धमला ,मुक्ति चापागाईं,नकुल तिमल्सिना र मदन कोईराला छानिएका छन्।

    मञ्चलाई आवश्यक सल्लाह र सुझाव प्रदान गर्ने सल्लाहकारको जिम्मेवारी कृष्ण खड्का, दिनेशराज ज्ञवाली र सागरमणि भण्डारीले पाएका छन्।

    तत्कालीन प्रवासी नेपाली मञ्चका अध्यक्ष कृष्ण खड्काको अध्यक्षतामा भएको कमिटी घोषणा कार्यक्रममा प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाका अध्यक्ष राजन कुमार बस्नेतको समेत उपस्थित रहेको थियो भने कार्यक्रमको सञ्चालन सागर रिजालले गरेका थिए।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology