Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

माओवादी कार्यकर्तामाथि एमालेले आक्रमण गर्न खोजेको छ:प्रचण्ड

माओवादी कार्यकर्तामाथि एमालेले आक्रमण गर्न खोजेको छ:प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १७, २०७८ आइतवार • ०८:२२:११ बजे
  • 997
    SHARES
  • माओवादी कार्यकर्तामाथि एमालेले आक्रमण गर्न खोजेको छ:प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष ओलीप्रति ओक्रोसित बनेका छन् ।

    images

    प्रचण्डले पार्टीका नेता, कार्यकर्तालाई एमालेसँग प्रतिवाद गरेर अघि बढ्न निर्देशन समेत दिएका छन् । पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले एमालेको प्रतिवाद नगरी आगामी निर्वाचन जित्न नसकिने बताए । एमाले गणतन्त्रविरोधी, संघीयताविरोधी रहेको प्रचण्डको भनाई छ ।

    आफ्नो पार्टीका लडाकु कार्यकर्तामाथि एमालेले आक्रमण गर्ने प्रयास गरिरहेको प्रचण्डको दाबी । ‘केपीको हातमा नेतृत्व छ । उनले फेरि एकपटक माओवादीलाई सखाप गर्ने रणनीति लिएका छन् ।

    उनले डेढ वर्षभित्र हामी सरकारमा जान्छौँ भनेका छन् । देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव जितिँदैन । यी जाल फटाहाहरूले अहिले हामीलाई हेप्न खोजेका छन् ।

    पहिले ‘आयो है माओवादी’ भनेपछि जाली फटाहा थरथर हुन्थे’, प्रचण्डले भने । देशको रक्षा गर्न, संविधानको रक्षा गर्न र गणतन्त्र बचाउनका लागि पनि एमालेविरुद्ध सशक्त ढङ्गले अघि बढनुपर्ने प्रचण्डले बताए ।

    यस्तै ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीविरुद्ध आफूले पार्टीमा प्रस्तुत गरेका दस्तावेजलाई बमको संज्ञा दिएका छन् । प्रचण्डले तत्कालीन नेकपामा अध्यक्ष केपी ओलीले धोका र छलकपटको नीति लिएपछि आफूले हेडक्वार्टरमा ‘बमबारी’ गरेको समेत बताए ।

    प्रचण्डले भने, ‘मैले पेश गरेको डकुमेन्ट भनेको बमवार्ड द हेडक्वाटर’ हो । जसरी माओत्सेतुङले बमबार्ड त बुर्जुवा हेर्डक्वाटर भनेर पार्टीकै लिडरसीपमाथि प्रहार गर्ने कुरा गर्नुभएको थियो, मैले पनि त्यस्तै गरेको हुँ ।

    ’ उनले थपे, ‘एउटा प्रधानमन्त्री र आफ्नो पार्टीका अध्यक्षविरुद्ध विद्रोह गर्ने कुरा अलिकति गम्भीरै थियो । जे पनि हुन सक्थ्यो । तर, देश दुर्घटनामा पर्न नदिन मैले त्यो गर्नैपर्ने थियो ।’

    प्रचण्डले ओली प्रधानमन्त्री छँदा ३ वर्ष आफूलाई बालुवाटारको बन्दी भएको अनुभव पनि सुनाए । उनले भने, ‘बिहानै बालुवाटार, बेलुकै बालुवाटार, म वाक्क भएको थिएँ ।

    माओवादी आन्दोलनको, जनयुद्धको कमाण्डर दिनदिनै जनयुद्ध, संघीयता र धर्मनिरपेक्षताविरोधी केपी ओलीसँग भेट्न जाँदा मलाई कस्तो भयो होला । म मौकाको पर्खाइमा थिएँ । जब अ‍ोलीले प्रतिनिधिसभा विघटन गरिदिए, म धकेलिएर सडकमा आइपुगेँ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology