Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

जुम्लामा कांग्रेसकाे क्षेत्रीय अधिवेशन सम्पन्न

जुम्लामा कांग्रेसकाे क्षेत्रीय अधिवेशन सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १७, २०७८ आइतवार • ०८:४०:५० बजे
  • 1.7K
    SHARES
  • जुम्लामा कांग्रेसकाे क्षेत्रीय अधिवेशन सम्पन्न

    नेपाली कांग्रेस जुम्ला प्रदेश ‘क’ र ‘ख’ को क्षेत्रीय कार्यसमिति र प्रदेश क्षेत्रीय प्रतिनिधिको निर्वाचनसम्पन्न भएको छ ।

    images

    सो पार्टीको १४औँ महाधिवेश अन्तर्गत शनिबार क्षेत्रीय अधिवेशन सम्पन्न भएको थियो ।

    निर्वाचनमा प्रदेश ‘क’का सभापति लक्षिमन बोहोराले कूल खसेको मत ४९८ मा २४९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नारायण (विष्णु) शाहीले २३१ मत प्राप्त गर्नुभएको थियो ।

    त्यस्तै उपसभापतिद्वय रुपबहादुर रोकायले २७९ र तिलकप्रसाद न्यौपानेले २५० मत प्राप्त गरी विजयी हुनुभएको छ । त्यस्तै प्रदेश ‘ख’को निर्वाचनमा सभापतिमा कालीबहादुर बुढा विजयी हुनुभएको छ ।

    उहाँले कूल खसेको ४९० मतमा २४२ मत प्राप्त गर्नुभएको सहायक मतदान अधिकृत खगेश्वर आचार्यले जानकारी दिनुभयो ।

    उहाँका अनुसार उपसभापतिद्वय दानसिंह खत्रीले २६६ र कालीबहादुर बुढाले २५४ मत ल्याएर विजयी भएको उहाँले बताउनुभयो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology