Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमाले महाधिवेशन ओलीको प्रशंसामा गीत गाएर सकिन्छ : वेदुराम भुसाल

एमाले महाधिवेशन ओलीको प्रशंसामा गीत गाएर सकिन्छ : वेदुराम भुसाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १७, २०७८ आइतवार • ०८:४६:३८ बजे
  • 1.1K
    SHARES
  • एमाले महाधिवेशन ओलीको प्रशंसामा गीत गाएर सकिन्छ : वेदुराम भुसाल

    नेकपा (एकीकृत समाजवादी)का महासचिव डा.वेदुराम भुसालले गठबन्धनका नेताहरूबीच मन्त्रालय बाँडफाँडमा सहमति नजुट्दा मन्त्रिपरिषद्‍ विस्तारमा ढिलाइ भएको बताएका छन् ।

    images

    शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महासचिव भुसालले मन्त्रालय टुंगो लाग्नेबित्तिकै दलहरूले मन्त्रीको नाम दिने बताएका छन् ।

    उनले भने, “सरकार विस्तार छिट्टै हुन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रो पार्टीका अध्यक्ष माधव नेपालसँग भेटेर सल्लाह गर्छु भन्नुभएको छ ।

    अहिले हाम्रो अध्यक्ष बिरामी भएर अस्पतालमा हुनुहुन्छ, भेटवार्तामा त्यो कुराले असर गरेको हो ।” भुसालले अहिले अर्ली इलेक्सन गर्ने कुरा असम्भव रहेको पनि टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्रीले अहिले नै प्रतिनिधिसभा विघटन गर्न नपाउने बताएका छन् । त्यसो गरे त्यो असंवैधानिक हुने उनले बताए । “सर्वदलीय बैठकमा उहाँले यो कुरा हुँदैन भन्नुभएको छ ।

    यो बाहिर चलाइएको हल्ला हो । अहिले अर्ली–इलेक्सनमा जाने स्थिति छैन । जाने मनस्थिति भएको पनि मैले देख्दिन,” उनले भने । त्यस्तै, उनले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद् चल्न नदिनुलाई लोकतन्त्र र संविधानमाथिको हमला भएको टिप्पणी गरेका छन् ।

    उनले भने, “त्यो गतिविधिले एमाले नाँग्गिएको छ । सदन सुचारु गर्नेबारे हामी गठबन्धनको बैठक बसेर निर्णय लिन्छौं । तर, अहिले पहिलो कुरा सरकार गठन हो ।” उनले एमालेले आगामी निर्वाचनमा एक्लैले बहुमत ल्याउँछु भन्नु हावादारी कल्पनामात्रै भएको टिप्पणी गरे ।

    उनले भने, “यो त केपी ओलीले हिजो रेल, पानीजहाज ल्याउँछु भनेजस्तै हावादारी कल्पनामात्रै हो ।” भुसालले अहिले नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको बताए ।

    एक फरक प्रसंगमा बोल्दै उनले एमालेको प्रथम विधान महाधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीको प्रशंसामा गीत गाउने कुम्भमेलाको संज्ञा दिएका छन् ।

    उनले भने, “सरकारमा रहँदा भ्रष्टाचार गरेर कमाएको करोडौं रकम पैसा खर्च गर्ने । र, त्यहाँ मोजमजा गर्ने थलो बनाइएको छ । त्यहाँको तामझाम र गतिविधि हेर्दा, केपी ओलीको प्रशंसामा गीत गाउनेजस्तो कुम्भमेला अथवा भेला हो ।

    त्यहाँ न विचार छ, न कुने दृष्टिकोण छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology