Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमाले व्यक्तिपूजक होइन, धर्मकर्ममा विश्वास गर्दैन : ओली

एमाले व्यक्तिपूजक होइन, धर्मकर्ममा विश्वास गर्दैन : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १७, २०७८ आइतवार • १९:१५:१८ बजे
  • 1.0K
    SHARES
  • एमाले व्यक्तिपूजक होइन, धर्मकर्ममा विश्वास गर्दैन  : ओली

    ललितपुरको गोदावरीस्थित सनराईज हलमा जारी नेकपा एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले शनिबार टोली नेताहरुले दिएको सुझावको जवाफ दिइरहेका छन् ।

    images

     

    शनिबार टोली नेताहरुका प्रतिनिधिहरुले पार्टी संस्थालाई नभई व्यक्तिलाई प्राथमिकता राखिएको भन्दै उक्त संस्कार हटाउनुपर्ने धारणा राखेका थिए । प्रतिनिधिहरुको उक्त धारणालाई बहिष्कार गर्दैै आइतबार अध्यक्ष ओलीले कोही व्यक्तिपूजक नभएको जवाफ दिएका छन् ।

     

    अध्यक्ष ओलीले प्रतिनिधिको धारणालाई विरोधीहरुको हमलाको संज्ञाका रुपमा अथ्र्याइदिएका छन् । ‘यतिबेला हामीमाथि चौतर्फी हमला भइरहेको छ । हाम्रो विचारमाथि हमला भएको छ, संगठनमाथि हमला भएको छ,’ उनले भने । साथै, अहिले एमालेका विषयमा भइरहेका टिकाटिप्पणी कसैले गरेको हमलामात्र भएको उनको भनाइ छ ।

     

    उनले भनेका छन्, ‘अनि नेकपा एमालेको महाधिवेशनमा ब्यानर देखिए रे, झण्डा देखिए रे, अलिक तामझाम देखियो रे, नेतृत्वको समर्थनमा कार्यकर्ता बोलेको देखियो रे । यो हाम्राविरुद्ध हमलाको विभिन्न रुप हो । हामी व्यक्तिपूजक होइनौं, मूर्तिपूजक होइनौं । हामी धर्मान्धतामा विश्वास गर्दैनौं । हामी कमिटी प्रणालीमा विश्वास गर्छौं, सामूहिकतामा विश्वास गर्छौं ।’

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology