Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमाले विधान महाधिवेशन :पार्टीलाई कसरी अग्रसर बनाउनेभन्दा पनि खोइरो खनिन्छ प्रचण्ड-नेपालको

एमाले विधान महाधिवेशन :पार्टीलाई कसरी अग्रसर बनाउनेभन्दा पनि खोइरो खनिन्छ प्रचण्ड-नेपालको

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १७, २०७८ आइतवार • १९:३१:३५ बजे
  • 874
    SHARES
  • एमाले विधान महाधिवेशन :पार्टीलाई कसरी अग्रसर बनाउनेभन्दा पनि खोइरो खनिन्छ प्रचण्ड-नेपालको

    अहिले गोदावरीस्थित सनराइज हलमा नेकपा एमालेको भव्य रुपमा विधान महाधिवेशन चलिरहेको छ ।

    images

     

    आज विधान महाधिवेशनको तेस्रो दिन हो । तेस्रो दिन पार्टीका शीर्ष नेताहरुले समूहगत रुपमा बनाइएका टोली नेता अर्थात् प्रतिनिधिहरुले शनिबार राखेका धारणाहरुको जवाफ दिने कार्यक्रम छ । अहिले अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिइरहेका छन् । तर, कार्यक्रमको सुरुमै उनी पार्टीलाई कसरी अग्रसर बनाउनेभन्दा पनि सत्ता गठबन्धन दलका नेताहरुको खोइरो खने । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध सुरुमै उनी उत्रिए ।

     

    तत्कालीन नेकपा पार्टीमा रहँदा वर्तमान छुट्टाछुट्टै दलका अध्यक्षद्वयको उपद्रो र तमासाबारे उनले खोइरो खने । भनिन्छ– कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर । शनिबार एमालेको पहिलो विधान महाधिवेशनमा अध्यक्ष ओली प्रतिनिधिले उठाएका प्रश्नको जवाफ दिनुपर्ने थियो । तर, उनी सुरुमै तत्कालीन नेकपा पार्टी, एमाले विभाजनका किस्साहरु सुनाउँदै प्रचण्ड र नेपालविरुद्ध खनिए । उनले भने, ‘के बिग्रिएको थियो र तमासा गर्नुपरेको ? कहिले प्रधानमन्त्रीले राजीनामा गर्नुपर्‍यो भन्या छ । कहिले अध्यक्षले राजीनामा गर्नुपर्छ भन्या छ, किन राजीनामा गर्नुपर्‍यो थाहा छैन ।

     

    हाम्रो पार्टीका बिग्रिएका मान्छे ती हुन्, जो छाडेर गए । सप्रिएकाहरू मात्र यहाँ छन् भन्न अरू कुनै प्रमाण चाहिन्छ र ?’ प्रचण्ड–नेपालविरुद्ध खनिएपछि उनी प्रतिनिधिहरुको प्रश्नमाथि पनि खरो टिप्पणी गरे । शनिबार समूहगत टोलीका प्रतिनिधिहरुले पार्टीमा व्यक्तिलाई प्राथमिकता राखेर संस्थालाई ओझेलमा पार्न खोजेको, कार्यकारी पद र दुई वर्षे उमेर हदमध्ये एक हुनुपर्नेलगायत थुप्रै धारणा राखेका थिए ।

     

    तर, यी माथिका सवालमा भने ओलीले भने– हामी व्यक्तिपूजक होइनौँ, मूर्तिपूजक होइनौँ ? को व्यक्तिपूजक ? यसअघि उपमहासचिव विष्णु पौडेलको जवाफ एमाले ओली हो भन्ने थियो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology