Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमालेको स्थानीय तहका जनप्रतिनिधिको भेला

एमालेको स्थानीय तहका जनप्रतिनिधिको भेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १८, २०७८ सोमवार • ०८:३५:४६ बजे
  • 763
    SHARES
  • एमालेको स्थानीय तहका जनप्रतिनिधिको भेला

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको भेला डाकेको छ ।

    images

    आइतबार मात्रै विधान महाधिवेशन समपन्न गरेको एमालेले आज विहान ९ बजेका लागि भेला डाकेको छ ।

    स्थानीय तहका प्रमुख तथा उप्रमुखहरुको भेला राष्ट्रिय सभागृहमा हुँदैछ । भेलामा आगामी स्थानीय तहको निर्वाचनका लागि बनाइने रणनीतिका बारेमा छलफल हुने केन्द्रीय सदस्य देवेन्द्र दाहालले जानकारी दिए ।

    उनका अनुसार पार्टी विभाजनपछि स्थानीय तहमा पार्टीको अवस्था र अब लिनु पर्ने रणनीतिका बारेमा सहभागीहरुले रिर्पोटिङ गर्नेछन ।

    विधान महाधिवेशनमा सहभागी हुन आएका एमालेका जिल्ला समन्वय समितीका प्रमुख, उपप्रमुख, महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका प्रमुख उपप्रमुख भेलामा सहभागी हुँदैछन ।

    आजको भेलालाई दिउसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology