Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतमा इन्धनको मूल्य महँगियो,१५ दिनमा १ अर्ब ५० करोड बढी नोक्सान

भारतमा इन्धनको मूल्य महँगियो,१५ दिनमा १ अर्ब ५० करोड बढी नोक्सान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १८, २०७८ सोमवार • ०८:४१:५४ बजे
  • 1.1K
    SHARES
  • भारतमा इन्धनको मूल्य महँगियो,१५ दिनमा १ अर्ब ५० करोड बढी नोक्सान

    छिमेकी देश भारतमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आइतवार मूल्य समायोजन गर्दै भारतले पेट्रोलमा २५ पैसा भारू र डिजेलमा ३० पैसा भारू वृद्धि गरेको छ ।

    images

    यससँगै दिल्लीमा पेट्रोल १ लिटरको मूल्य १०२.३९ भारू र मुम्बईमा १०८.४३ भारू पुगेको छ । डिजेल पनि आकाशिएको छ । दिल्लीमा डिजेलको मूल्य प्रतिलिटर ९०.७७ भारू र मुम्बईमा ९८.४८ भारू पुगेको टाइम्स अफ इन्डियाले जानकारी दिएको छ ।

    भारतमा राज्यले लगाउने करलगायत कारण फरकफरक मूल्य पर्छ । भारतले क्रुड आयल खरीद गरी आपैm प्रशोधित गरी इन्धन विक्री गर्छ । भारतमा मूल्य बढ्दा नेपाल आयल निगमको नोक्सानीसमेत बढ्ने निगमको दाबी छ । इन्डियन आयल कर्पोरेशन ९आईओसी० बाट नयाँ मूल्यसूची नेपाल आयल निगमले पाइसकेको छ ।

    निगमका अनुसार यो सूची प्राप्त भएसँगै नेपाल आयल निगमको नोक्सानी थप बढ्ने निश्चित छ । अक्टोबर १ मा आईओसीबाट प्राप्त मूल्यसूचीका आधारमा १५ दिनमा इन्धन विक्रीबाट १ अर्ब ५० करोडभन्दा बढी नोक्सान हुने निगमको प्रक्षेपण छ ।

    आईओसीले पठाएको नयाँ मूल्य र नेपालभित्र लाग्ने कर तथा अन्य विभिन्न लागत जोड्दा निगमलाई प्रतिलिटर पेट्रोलमा १३९.१८ रुपैयाँ, डिजेलमा १२०।०१ रुपैयाँ, मट्टीतेलमा ९३.९४ रुपैयाँ, आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनमा ८४.०७ रुपैयाँ, उडानमा प्रयोग हुने हवाई इन्धनमा ७६.४४ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर रू १ हजार ९६१.८८ लागत पर्ने देखिएको छ ।

    निगमले पछिल्लो समय गत भदौ ७ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । यसअनुसार प्रतिलिटर पेट्रोलको रू। १३०, डिजेल र मट्टीतेलको रू।११३, आन्तरिक हवाई इन्धनको रू, ८६ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर रू। १ हजार ४५० तोकिएको छ ।

    उल्लिखित मूल्यका आधारमा अहिले निगमलाई प्रतिलिटर पेट्रोलमा ९.१८, डिजेलमा ७।०१ घाटा छ भने मट्टीतेलमा १९.५९, आन्तरिक हवाई इन्धनमा १.९३, बाह्य हवाई इन्धनमा १५.१० रुपैयाँ नाफा छ ।

    खाना पकाउने ग्यास प्रतिसिलिन्डर ५११.८८ रुपैयाँ नोक्सान भइरहेको निगमको भनाइ छ । निगमलाई नाफा भएका मट्टीतेल तथा हवाई इन्धनको माग तुलनात्मक रूपमा कम रहेको र नोक्सानी हुने पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको माग अत्यधिक भएका कारण यही मूल्यमा विक्री गर्दा निगमलाई १५ दिनमा मात्रै १ अर्ब ५० करोड ७३ लाख रुपैयाँ नोक्सान हुने प्रक्षेपण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

    प्रवक्ता उपाध्यायका अनुसार अहिले अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८० डलर प्रतिब्यारेलको हाराहारीमा पुगेको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै निगमको घाटा वृद्धि हुने उनले बताएको समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology