Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ठूलो ओठ बनाउने चक्करले युवतीको यस्तो भयो रुप

ठूलो ओठ बनाउने चक्करले युवतीको यस्तो भयो रुप

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १८, २०७८ सोमवार • १०:१३:४३ बजे
  • 916
    SHARES
  • ठूलो ओठ बनाउने चक्करले युवतीको यस्तो भयो रुप

    एजेन्सी /अहिलेको दुनियाँमा धेरै मानिसहरुलाई लोकप्रियता हासिल गर्ने यस्तो भूत चढेको छ कि उनीहरू चर्चा कमाउनका लागि जुन हदसम्म पनि जान सक्दछन् ।

    images

    भिडबाट अलग देखिन तथा फरक काम गरेर चर्चा कमाउने लहडमा उनीहरुले अनौठा तथा जोखिमपूर्ण काम गर्न पनि पछि पर्दैनन् । बुल्गेरियाकी एन्ड्रिया इभानोभाले पनि यस्तै गरेकी छिन् । संसारकै ठूलो ओठ बनाउने चाहनाका कारण उनले २५ पटक आफ्नो ओठको शल्यक्रिया गराएकी छिन् ।

    २३ वर्षकी इभानोभाले ओठभित्र शल्यक्रिया गरेर इन्जेक्सनद्वारा हायल्युरोनिक एसिड हालियो । सर्जरी पश्चात् उनको ओठको आकार बढेर पहिलेभन्दा चार गुणा ठूलो भएको छ । सर्जरीबाट अस्वभाविक रुपमा बढाएको आफ्नो ओठ देखाउनका लागि उनले सोसल मिडियामा फोटोहरु शेयर गरेकी छिन् ।

    आफु आफ्ना बढेका ओठदेखि खुसी रहेको र चिकित्सकहरुले पनि यतिसम्म बढाउनु पर्याप्त रहेको बताएता पनि उनको इच्छा अझै पुगेको रहेनछ । आफ्नो ओठको आकार अझै बढाएर संसारकै ठूलो ओठ भएकी महिलाको रुपमा गिनिज बुकमा नाम लेखाउन चाहन्छिन् इभानोभा ।

    डाक्टरहरुले भने उनको ओठको थप शल्यक्रिया गरेमा उनको ज्यानै जानसक्ने चेतावनी दिएका छन् । आफ्नो फुलिएको ओठयुक्त अनुहारसहित लगातार बार्बी डलसँग तस्वीर खिचेर इन्स्टाग्राममा शेयर गर्ने इभानोभाका इन्स्टाग्राममा ३३ हजारभन्दा धेरै फलोअर्स छन् । कहिलेकाहीँ उनी सोसल मिडियामा नराम्रोसँग ट्रोल पनि हुने गरेकी छिन् ।

    सोफिया विश्वविद्यालयमा जर्मन भाषाशास्त्रको अध्ययन गरिरहेकी इभानोभाले आफ्नो यस्तो अनौठो शोख तथा ओठका कारण चर्चा बटुलिरहेकी छिन् ।

    अहिलेसम्म ओठको सर्जरीका लागि कति रकम खर्च भयो भन्ने कुरा उनी हिसाब गर्न पनि चाहँदैनिन् । उनलाई आफ्नो ओठ बढाएर मात्र पुगेको छैन ।

    आफ्ना वक्षस्थलको आकार बढाउने तथा अनुहारमा पनि सर्जरी गरेर बार्बी डलजस्तै देखिन चाहन्छिन् । उनले यस क्रममा स्तन प्रत्यारोपाण शल्यक्रिया गरी ७५ सी बाट ७५ इ कप पुर्‍यासकेकी छिन् ।

    उनले वक्षस्थलको आकार अझै बढाएर एच कप पुर्‍याउन चाहन्छिन् ।

  • सम्बन्धित विषय:

  • # युवतीको यस्तो भयो रुप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology