Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अनौठो हर्कत : राइस कुकरसँग बिहे, ४ दिनमै डिभोर्स

अनौठो हर्कत : राइस कुकरसँग बिहे, ४ दिनमै डिभोर्स

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १८, २०७८ सोमवार • १०:१६:०९ बजे
  • 820
    SHARES
  • अनौठो हर्कत : राइस कुकरसँग बिहे, ४ दिनमै डिभोर्स

    एजेन्सी/ मानिसका इच्छा पनि अनेक हुन्छन् । इण्डोनेसियामा एकजना व्यक्तिले आफैले घरमा भात पकाउने राइस कुकुरसँग बिहे गरेर निकै चर्चा कमाए । तर उनको कुकरसँगको दाम्पत्य जीवन टिक्न सकेन ।

    images

    उनीहरुबीच बिहेको चार दिनमै डिभोर्स भयो । त्यो डिभोर्सले उनको चर्चा थप चुलिएको छ । इण्डोनेसियाको जाभा प्रान्तमा बस्ने कहरोल अनम नामका पुरुषले आफ्नै घरको राइस कुकरसँग बिहे गर्दाका तस्वीर सोसल मिडियामा खुबै भाइरल भए ।

    तस्वीरमा एक व्यक्ति बिहेको सेतो पोषाक लगाएका देखिन्छन् र उनको बेहुलीको रुपमा रहेको कुकरलाई पनि सेतो घुम्टो ओढाइएको छ ।

    त्यस्तै बिहेपछि बेहुला बेहुलीले खिचेको तस्वीर, कानूनी रुपमा बिहे गरेको कागजातमा हस्ताक्ष्र गर्दै गरेको तस्वीर र आफ्नो बेहुली कुकरलाई चुम्बन गर्दै गरेको तस्वीर पनि सार्वजनिक भए ।

    आफ्नो बिहेका तस्वीर फेसबुकमा शेयर गर्दै उनले लेखेका छन् : सेतो, शान्त, खाना पकाउनमा असल, निकै स्वप्नील । उनको फेसबुक पोस्टमा मानिसहरुले अनेक खालका प्रतिक्रियाहरु दिएका छन् ।

    कतिपयले आफूले पनि फ्रायरसँग बिहे गर्ने सोच बनाएको बताएका छन् भने कतिपयले ती व्यक्ति जिनियस रहेको टिप्पणी गरेका छन् । राइस कुकरसँग कहरोल अनमको बिहेको चर्चा सेलाउन नपाउँदै उनीहरुको दाम्पत्य जीवनमा खटपट आएछ ।

    बिहेको चार दिनमै कहरोल आफ्नो पत्नी राइस कुकरसँग डिभोर्स गर्ने निर्णयमा पुगे । डिभोर्सको कारणबारे पनि उनले फेसबुकमा जानकारी गराएका छन् ।

    राइस कुकर केवल भात पकाउनका लागि मात्र राम्रो रहेको तर अन्य कुनै पनि खानेकुरा बनाउने नजान्ने भएको हुनाले आफूले डिभोर्स गरेको उनको जिकिर छ ।

  • सम्बन्धित विषय:

  • # ४ दिनमै डिभोर्स
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology