Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कांग्रेसकी नेता प्रियंका गान्धी पक्राउ, प्रहरीले हातपात गरेको दाबी

कांग्रेसकी नेता प्रियंका गान्धी पक्राउ, प्रहरीले हातपात गरेको दाबी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १८, २०७८ सोमवार • १०:५३:४५ बजे
  • 1.9K
    SHARES
  • कांग्रेसकी नेता प्रियंका गान्धी पक्राउ, प्रहरीले हातपात गरेको दाबी

    भारतीय कांग्रेसकी नेता प्रियंका गान्धीलाई पक्राउ गरिएको छ । उत्तरप्रदेशमा पर्ने लखिमपुर खिरी भन्ने स्थानमा जारी किसानहरुको आन्दोलनमा सहभागी हुन जाने क्रममा उनलाई प्रहरीले हिरासतमा लिएको हो ।

    images

    राज्यका कांग्रेस प्रमुख अजय कुमार लल्लूले यसबारे पुष्टि गरेका छन् । उनले भनेका छन्, ‘प्रियंका गान्धीजीलाई पक्राउ गरिएको छ ।

    के कसैको दुःखमा समावेश हुनु अपराध हो ? ’ भारत सरकारले ल्याएको कृषि कानुनविरुद्ध किसानहरू लामो समयदेखि आन्दोलनमा उत्रिएका छन् ।

    उत्तर प्रदेशको लखिमपुर खिरीमा आइतबार केन्द्रीयमन्त्री अजय मिश्रका छोरा आशिषको गाडीले कुल्चिएर किसानको मृत्य भएको दाबी गरिएको छ । प्रहरीले आशिषविरुद्ध हत्याको मुद्दा दर्ता गरेको छ ।

    आशिषसमेत १४ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । लखिमपुर खिरीमा आइतबारको किसान आन्दोलनबीच भड्किएको हिंसामा ८ जनाको मृत्यु भएको थियो ।

    प्रियंका मृतकको परिवारलाई पनि भेट्ने उद्देश्यले अबेर राती दिल्लीबाट लखनउ पुगेकी थिइन् । त्यसको केही बेरपछि उनी लखिमपुरका लागि जाने क्रममा बिहान साढे पाँच बजे प्रहरीले सीतापुर जिल्लाको हरगांज बोर्डरमा हिरासतमा लिएको हो ।

    हिरासतमा लिनुअघि प्रियंकामाथि धक्कामुक्का पनि भएको दाबी गरिएको छ । कांग्रेस नेता दीपेन्द्र सिंह हुड्डाले प्रियंका गान्धीलाई हिरासतमा लिइँदै गरेका बेला पुरुष प्रहरीले उनीमाथि हात उठाएको दाबी गरेका हुन् ।

    भिडियो फुटेजमा हुड्डाले ‘उनीहरुले प्रियंका गान्धीमाथि कसरी हात उठाउन सक्छन् ?’ भनेर प्रश्न गरिरहेको सुन्न सकिन्छ । युपी प्रहरीका अधिकारीले जब प्रियंका गान्धीलाई हिरासतमा लिइरहेका थिए तब उनीसँग उनीहरुको राम्रै बहस भएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology