Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ललिता निवास प्रकरण : पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

ललिता निवास प्रकरण : पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १८, २०७८ सोमवार • १२:३०:४५ बजे
  • 613
    SHARES
  • ललिता निवास प्रकरण : पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

    पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईलाई ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा संलग्न रहेको दाबीससहित मुद्दा चलाउन आदेश माग गरिएको मुद्दा पेसीमा चढेको छ ।

    images

    सोमबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा एक नम्बरमै पेसी चढेको हो ।

    अख्तियारले तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई पनि भ्रष्टाचार मुद्दा लगाउनुपर्ने भन्दै अख्तियारविरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथिको सुनुवाइ पटक–पटक पेसी चढ्दै आएको छ ।

    उनीहरुले नीतिगत निर्णय मात्र भन्दै अख्तियारले मुद्दा नचलाउने निर्णय गरेको थियो ।

    विशेष अदालतमा पेस गरेको अभियोग पत्रमा पनि सरकार प्रमुखले गरेका नीतिगत निर्णयमा मुद्दा चलाउन सक्ने अधिकार नभएको अख्तियारले उल्लेख गरेको छ ।

    पूर्वप्रधानमन्त्रीद्वयविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाउन आदेश माग्दै वरिष्ठ अधिवक्ता न्यौपानेले २९ माघ २०७६ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

    ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्याउने निर्णय तत्कालीन प्रधानमन्त्रीहरुकै नेतृत्वमा भएको दाबी रिटमा गरिएको छ ।

    यसअघि उक्त मुद्दामा प्रमाण बुझ्न लिखित जबाफ झिकाउने र निर्णय निर्णय झिकाउने आदेश भएको छ ।

    नेपाल २०६६ र २०६७ सालमा प्रधानमन्त्री थिए । भट्टराई भने २०६९ मा प्रधानमन्त्री थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology