Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अस्कर अवार्डका लागि आवेदन खुल्यो, नेपाली फिल्म सहभागी गराउन आह्वान

अस्कर अवार्डका लागि आवेदन खुल्यो, नेपाली फिल्म सहभागी गराउन आह्वान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १८, २०७८ सोमवार • १२:३७:२६ बजे
  • 979
    SHARES
  • अस्कर अवार्डका लागि आवेदन खुल्यो, नेपाली फिल्म सहभागी गराउन आह्वान

    अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले ९४औँ अस्कर अवार्डस्मा नेपाली फिल्म सहभागी गराउन निर्माता, निर्देशकलाई आह्वान गरेको छ ।

    images

    चलचित्र विकास बोर्ड अन्तर्गतको समितिले सोमबार एक विबिज्ञप्ती जारी गरी सन् २०२२ को अस्कर अवार्डसमा सहभागी हुन आवेदन खुला गरेको हो ।

    द एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेसले २२ मार्च २०२२ मा अमेरिकाको लस् एन्जेल्सस्थित डल्बी थिएटरमा द अस्कर अवार्डस् आयोजना गर्दैछ ।

    प्रतिस्पर्धा गर्न इच्छुक नेपाली फिल्मका निर्माता,निर्देशकले आफ्नो फिल्म १९ असोजदेखि २ कात्तिकभित्र अस्कर कमिटी नेपाललाई बुझाउनु पर्नेछ ।

    अघिल्ला वर्षमा अस्करमा भाग लिन कुनै पनि फिल्म एक सातासम्म सिनेमा घरमा प्रदर्शन भएकै हुनुपर्ने नियम थियो । तर, विश्वव्यापी कोरोना महामारीका कारण अस्करले दुई वर्ष यता नियममा केही परिवर्तन गरेको छ ।

    जसअनुसार अघिल्लो वर्षमा झै यसपाली पनि फिल्म प्रदर्शनको मिति तोकेर महामारीका कारण हलमा प्रदर्शन हुन नसकेका फिल्मले पनि अस्करमा प्रतिस्पर्धा गर्न पाउने छन् ।

    यसका लागि सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट फिल्म प्रदर्शन रोकिएको प्रमाणित पत्र बुझाउनु पर्ने प्रावधान राखिएको छ ।

    अनलाइन प्लेटफर्म वा साइटमा प्रदर्शन भएका फिल्मले पनि अस्करमा प्रतिस्पर्धा गर्न पाउने छन् ।

  • सम्बन्धित विषय:

  • # अस्कर अवार्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology