Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

मन्त्रिमण्डलमा मैले भाग मागेको छैन :प्रधानन्यायाधीश जबरा

मन्त्रिमण्डलमा मैले भाग मागेको छैन :प्रधानन्यायाधीश जबरा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १८, २०७८ सोमवार • १२:४१:१० बजे
  • 769
    SHARES
  • मन्त्रिमण्डलमा मैले भाग मागेको छैन :प्रधानन्यायाधीश जबरा

    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूले मन्त्रिमण्डलमा भाग नमागेको बताएका छन् ।

    images

    सर्वोच्च अदालत बार एसोसिएनसका पदाधिकारीसँगको भेटमा प्रधानन्यायाधीश जबराले मन्त्रिमण्डल भागबन्डामा आफ्नो कुनै भूमिका नरहेको बताए ।

    प्रधानन्यायाधीशले भाग मागेपछि मन्त्रिमण्डल विस्तार हुन नसकेको समाचारहरु आएपछि सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहित पदाधिकारीले आज बिहान प्रधानन्यायाधीश जबरालाई भेटेका थिए ।

    भेटमा मन्त्रिमण्डलमा भागबन्डाबारे जिज्ञासा राखेको अध्यक्ष शाक्यले बताए ।

    “उहाँले मैले यस्तो काम गरेको छैन । अहिलेसम्म संविधान र न्यायापालिकाको मैले बचाउ नै गरेको हो ।

    यसमा असर पर्ने कामहरु गरेको छैन । मन्त्रिमण्डलमा को राख्ने नराख्ने प्रधानमन्त्रीको जिम्मेवारीको कुरा हो ।

    मेरो कुनै भूमिका हुँदैन । मैले केही भनेको पनि छैन,” प्रधानन्यायाधीश जबराको भनाइ उद्धृत गर्दै शाक्यले भने ।

    आफूहरुले त्यहीँ किसिमको स्टेटमेन्ट आउनुपर्ने सुझाव दिएको शाक्यले बताए ।

    “औपचारिक वक्तव्य आएपछि हामी थप अगाडि बढ्छौं,” उनले भने ।

  • सम्बन्धित विषय:

  • # मन्त्रिमण्डल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology