Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अखिल क्रान्तिकारीको महासचिवमा दिपेश पुन

अखिल क्रान्तिकारीको महासचिवमा दिपेश पुन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १८, २०७८ सोमवार • १५:४६:३३ बजे
  • 994
    SHARES
  • अखिल क्रान्तिकारीको महासचिवमा दिपेश पुन

    अखिल (क्रान्तिकारी)को महासचिवमा उपाध्यक्ष दिपेश पुन चयन भएका छन् । अखिल क्रान्तिकारीको काठमाडौंमा सम्पन्न २२औं सम्मेलनबाट पुन महासचिवमा चयन भएका हुन् । उनी यसअघि उपाध्यक्ष थिए ।

    images

    सम्मेलनले यसअघि नै अध्यक्षमा पञ्चा सिंह चयन भइसकेकी छन् । अध्यक्षमा सिंह माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा नियुक्त भएकी थिइन् ।

    अन्य पदहरूमा विद्यार्थी फेक्सन ईन्चार्ज हितमान शाक्य, निवर्तमान अध्यक्ष रञ्जित तामाङ लगायतले टुंग्याएका थिए ।

    अनेरास्ववियूको २२औं राष्ट्रिय सम्मेलन समापन हुँदै

    अनेरास्ववियूको २२औं राष्ट्रिय सम्मेलन आज समापन हुने भएको छ । असोज १४ गतेबाट सुरु भएको सम्मेलनको समापन गरिने भएको छ ।

    असोज १६ गते सक्ने गरी आयोजित सम्मेलनमा पदाधिकारीमा भागवण्डा नमिलेपछि सम्मेलन लम्बिएको हो । यसअघि नै अध्यक्षमा पञ्चा सिंह घोषणा भइसकेका छन् ।

    आज साढे ३ बजे नयाँ नेतृत्व चयन गर्दै सम्मेलनले पास गरेका नीति तथा योजना सहित निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

    बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजित सम्मेलनको समापन समारोहमा पत्रकारहरुलाई उपस्थितिका लागि अनेरास्ववियूले अनुरोध गरेको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology