नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एमालेमा विचार नभएको बताएका छन् । सोमबार माओवादी केन्द्रनिकट बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले सो पार्टीमा सूर्य चिन्ह मात्रै भएको बताएका हुन् ।
“एमालेमा अहिले विचार, सिद्धान्त केही पनि छैन । त्यहाँ त मदन भण्डारी छन् । उनले प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) छ । सूर्य चिन्ह छ,” उनले भने ।
उनले एमालेमा विचार नै नभएको बताउँदै त्यहाँ बहस नै नहुने टिप्पणी गरे । “एमालेमा विचार र बहस हुँदैन । त्यहाँ त स्वर्थका लागि मिल्छन्,” प्रचण्डले भने,“देख्नु भएन ती दोस्रो तहका भनिएका १० भाइ, उनीहरुले हामीलाई झुक्याए क्या ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेको हालै सम्पन्न विधान महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा दिएका छन् । ‘अस्ति एमालेको कुम्भ मेला देखिहाल्नुभयो ।
त्यो कुम्भ मेलाको निष्कर्ष भनेको माओवादी र माओवादी नेतृत्वलाई सिध्याउने टार्गेट छ’, प्रचण्डको भनाइ छ । उनले अहिले पनि बुर्जुवा कम्युनिस्टहरु बीचको लडाइँ जारी रहेको बताए ।
‘कम्युनिस्ट आन्दोलनभित्र संशोधनवाद, विसर्जनवाद प्रतिगमनकारी प्रवृति र क्रान्तिकारी प्रवृतिको बीचमा पनि आउने दिनमा झन ठुलो संघर्ष हुनेवाला छ’, प्रचण्डले भने, ‘बुर्जुवा र प्रतिक्रान्तिकारीहरुले आफुसँग भएको सवै शक्ति केन्द्रीत गरेर प्रहार हामीमाथि केन्द्रीत गर्दैछन् ।
‘विज्ञानको पक्षमा उभिने कि अविज्ञानको ? क्रान्तिको पक्षमा उभिने कि प्रतिक्रान्तिको पक्षमा ?’ प्रचण्डको प्रश्न छ ।
उनले क्रान्ति र विज्ञानको पक्षमा उभिनेले देश, संविधान र लोकतन्त्र बचाउने र त्यसको विपक्षमा उभिनेले देश, लोकतन्त्र र संविधान दुर्घटनामा पार्ने दावी गरे ।