Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

३ बॅुदे सहमती कार्यान्वयनको माग गर्दै नेकपा म्याग्दीको धर्ना

३ बॅुदे सहमती कार्यान्वयनको माग गर्दै नेकपा म्याग्दीको धर्ना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १८, २०७८ सोमवार • १९:०१:५० बजे
  • 1.6K
    SHARES
  • ३ बॅुदे सहमती कार्यान्वयनको माग गर्दै नेकपा म्याग्दीको धर्ना

    नेपाल कम्युनिष्ट पार्टी (बिप्लव)म्याग्दीले आफ्नो पार्टी र सरकारका बिचमा भएको ३ बॅुदे सहमतीको पु्र्ण पालनाको माग गर्दै आजजिल्ला प्रशासन कार्यालय म्याग्दीमा धर्ना दिएको छ।

    images

    18F0837D-9276-46D5-A998-A6170676A5F8.jpegकेही महिना पहिला तत्कालिन केपी वली सरकार र नेकपा को बिचमा शान्ति पुर्ण राजनितिमा सहभागी हुने,गिराफ्तार नेता कार्यकर्तारिहाई लगाएत ३ बॅुदामा सहमती भई नेकपा झण्डै तिन बर्ष पछी शान्तिपुर्ण राजनितीमा आएको थियो। तर सहमती अनुसार नेताकार्यकर्ताको रिहाई हुनु पर्नेमा उल्टो पुराना मुद्दाहरुमा पुन:नेता कार्यकर्ताहरुलाई अदालतले पक्राऊको आदेश दिने  र पक्राऊ गर्ने कामसरकारले गरे पछी नेकपाले त्यसको बिरोध स्वरुप धर्ना दिएको नेकपा निकट महिला संगठनकी नेता उषा घिमीरेले जानकारी दिएकीछन।

    उक्त धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेता बिप्लबले सरकारले सहमती कार्यान्वयन नगरेर जाले झेल गरे त्यसको परिणाम अप्रिय हुनेउद्घोष गरेका छन। यो कुनै केटा केटी खेलेको बिषय होईन यो त दुई समानन्तर सत्ताको बिचमा भएको सहमती हो त्यसैले यस्लाई सामन्यरुपमा लिए सरकारको बेईमानी हुने उनको जिकिर रहेको थियो।

     

    नेकपा केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज बिप्लवको नेतृत्वमा भेला भएका नेकपाका दर्जनौ नेता कार्यकर्ताले ३ बॅुदे सहमतीको पक्षमानाराबाजी गर्दै जिल्ला प्रशासन कार्यलय अगाडी धर्ना बसेका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology