Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल–भारत सीमा सुरक्षा बैठक बस्दै

नेपाल–भारत सीमा सुरक्षा बैठक बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १९, २०७८ मंगलवार • ०८:१८:२९ बजे
  • 622
    SHARES
  • नेपाल–भारत सीमा सुरक्षा बैठक बस्दै

    नेपाल–भारत सीमा सुरक्षा बैठक आज बस्दैछ । भारतको राजधानी नयाँदिल्लीमा बैठक आज बस्न लागेको हो । नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर भारतले आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेपछि दुवै देशबीच विवाद उत्पन्न भएको थियो ।

    images

    विवादका कारण रोकिएको दुई देशबीचको बैठक दुई वर्षपछि बस्न लागेको हो । बैठकमा सीमा सुरक्षा र गस्ती, दुई देशबीच जोडिएका नाकाको प्रयोग, अन्तरदेशीय अपराध नियन्त्रण तथा रोकथामलगायतका विषयमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ । बैठकमा कालापानी र सुस्ताका विषयमा भने छलफल नहुने भएको छ ।

    बैठकमा भाग लिन सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल नेतृत्वको टोली सोमबार भारतको नयाँदिल्ली पुगेको छ । नेपालका तर्फबाट आईजीपी खनाल, सशस्त्र प्रहरी कार्य तथा सीमा विभाग प्रमुख पुष्पराज केसी, प्रशासन विभागका डीआईजी नारायणदत्त पौडेललगायत सहभागी भएका छन ।

    भारतका तर्फबाट भारतीय सशस्त्र सीमा बल एसएसबीका महानिर्देशक कुमार राजेश चन्द्रासहितको टोली सहभागी हुँदैछ । दुई देशले आलोपालो बैठक आयोजना गर्ने भनिए पनि यसबीचमा नियमित बैठक हुन सकेको थिएन ।

    यसअघि चौथो बैठक २०७६ मंसिर ४ र ५ गते पोखरामा बसेको थियो । सीमा सुरक्षा बैठक पहिलो पटक २०६९ सालमा भारतमा बसेको थियो । दोस्रो बैठक २०७२ सालमा नेपालमा र तेस्रो बैठक २०७३ सालमा नयाँदिल्लीमा बसेको थियो ।

    भारतले २०७६ कात्तिकमा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो ।

    नेपालले लिम्पियाधुरासहित २०७७ साल जेठ ७ मा राजनीतिक तथा प्रशासनिक नक्सा प्रकाशित गरेपछि सीमा सुरक्षा बैठकसहित कुटनीतिक वार्ता र छलफलहरु रोकिएका थिए ।

    पछिल्लो पटक भारतीय सीमा सुरक्षा बल एसएसबीले महाकालीमा तुइनको लट्ठा खुस्काएपछि दार्चुलाका जयसिंह धामी बेपत्ता भएका थिए। धामीको मृत्यु प्रकरणबारे जवाफ माग्दै नेपालले भारतलाई पत्र पठाए पनि भारतीय पक्षबाट कुनै जवाफ आएको छैन।

  • सम्बन्धित विषय:

  • # नेपाल–भारत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology