Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दसैं भत्ता खोज्दै सांसद

दसैं भत्ता खोज्दै सांसद

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १९, २०७८ मंगलवार • ०८:२६:१३ बजे
  • 1.9K
    SHARES
  • दसैं भत्ता खोज्दै सांसद

    संघीय संसद्का सांसद दसैं भत्ता पाइनेरनपाइने बुझ्न संसद् सचिवालय धाउन थालेका छन् ।

    images

    दसै नजिकिएसँगै सांसदहरूले संसद् सचिवालयको लेखा शाखाका कर्मचारी, लेखा प्रमुख र महासचिवको कार्यकक्षमा पुगेर भत्ताबारे सोधीखोजी गर्न थालेका हुन् ।

    केहीले चाहिँ महासचिवलाई फोन गरेर भत्ता दिनेरनदिने बुझ्न थालेका छन् । यो क्रम केही दिनदेखि चलिरहेको संसद् सचिवालयले जनाएको छ ।

    सत्तापक्षका केही सांसद सोमबार भत्ताबारे बुझ्न सचिवालयको लेखा शाखाका कर्मचारीलाई सोध्न गएका थिए ।

    संसद्का कर्मचारीले भने भत्ता दिने कानुनी आधार नभएको भन्दै फर्काउने गरेका छन् ।

    सरकारबाट निर्णय गराएर भए पनि दसैं खर्च लिन केही सांसद लागिपरेको सचिवालयका एक कर्मचारीले जानकारी दिए ।

    ‘अर्थ मन्त्रालयले सांसदलाई दसैं खर्च दिन बजेट पठाएको छैन, भत्ता दिने हो भने मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्छ भन्दा सत्तापक्षका केही सांसदले निर्णय गराएर ल्याउँछौं भन्नुभएको छ,’ सचिवालयका ती कर्मचारीले भने ।

    यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology