Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कात्तिकभित्र पोलको भाडा बुझाउन प्राधिकरणको निर्देशन

कात्तिकभित्र पोलको भाडा बुझाउन प्राधिकरणको निर्देशन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १९, २०७८ मंगलवार • ०८:३१:५८ बजे
  • 841
    SHARES
  • कात्तिकभित्र पोलको भाडा बुझाउन प्राधिकरणको निर्देशन

    नेपाल विद्युत प्राधिकरणले कात्तिक मसान्तभित्र अप्टिकल फाइबर र पोलको भाडा बुझाउन इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

    images

    विद्युतीय संरचना प्रयोग गर्ने तथा अप्टिकल फाइबर भाडामा लिएर सेवा दिइरहेका तर भाडा नतिर्ने तथा सम्झौता नवीकरण नगर्ने सेवाप्रदायकले स्वघोषणा गरी कात्तिकभित्र भाडा बुझाइसक्नुपर्ने छ ।

    कात्तिकभित्र सम्झौता नवीकरण नगरेमा प्राधिकरण स्वंयमले भाडा निर्धारण गरेर असुल गर्ने चेतावनी सार्वजनिक सूचना जारी गरेर दिएको छ ।

    प्राधिकरणले यसअघि पनि १५ दिनको समयसीमा दिएको थियो ।

    तर, भाडा नतिरेपछि सांकेतिक स्वरुप गत शनिबार विभिन्न क्षेत्रमा इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकको तार काटिदिएको थियो ।

    यसबारे दीर्घकालीन समस्या समाधानका लागि सञ्चार मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन भइसकेको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology