Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमालेको अवरोधपछि संसद बैठक असोज २२ गतेसम्मका लागि स्थगित

एमालेको अवरोधपछि संसद बैठक असोज २२ गतेसम्मका लागि स्थगित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १९, २०७८ मंगलवार • १३:५९:५२ बजे
  • 748
    SHARES
  • एमालेको अवरोधपछि संसद बैठक असोज २२ गतेसम्मका लागि स्थगित

    प्रतिनिधिसभाको बैठक असोज २२ गतेसम्मका लागि स्थगित भएको छ । संसद बैठक सुरु हुनासाथ एमाले सांसदहरुले रोष्टम घेर्दै नाराबाजी गरेपछि संसद अवरुद्ध भएको थियो ।

    images

    अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्न कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिएका थिए ।

    सभामुख सापकोटाले एमालेका सांसदहरुले नाराबाजी निरन्तर गरिरहेपछि बैठक २२ गते बस्ने गरी स्थगित भएको जानकारी दिए ।

    भीम रावलले सोधे प्रचण्डलाई प्रश्न

    नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

    प्रचण्डले १० एमालेमा रहेका आत्मसमर्पण गरेको भन्दै गरेको टिप्पणीप्रति एमाले उपाध्यक्ष रावलले आपत्ति जनाएका हुन् ।

    रावलले ट्वीट गरेका छन्, ‘एमाले फुटाउन १० भाइ नलागेकाले प्रचण्डजीले रोइलो गर्दै झुक्याएर आत्मसमर्पण गरे भन्ने हास्यास्पद तर्क गर्नुभएको रहेछ।

    एमालेका नेताहरू सोही पार्टीमा रहँदा ‘आत्मसमर्पण’ हुने तर ‘जनयुद्ध’ बाट सत्ता हत्याउँछु भन्नेले गिरिजादेखि देउवासम्म कांग्रेसको पछि लागि पद हत्याउँदा आत्मसम्मान हुने ?’

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology