Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सत्तारूढ गठबन्धन : मन्त्रालय बाँडफाँटबारे भयो सहमति, कसलाई कुन मन्त्रालय ?

सत्तारूढ गठबन्धन : मन्त्रालय बाँडफाँटबारे भयो सहमति, कसलाई कुन मन्त्रालय ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १९, २०७८ मंगलवार • १५:४३:३४ बजे
  • 679
    SHARES
  • सत्तारूढ गठबन्धन : मन्त्रालय बाँडफाँटबारे भयो सहमति, कसलाई कुन मन्त्रालय ?

    सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच कुन दलले कुन मन्त्रालय लिने भन्नेबारे सहमति भएको छ ।

    images

    आज बालुवाटारमा बसेको बैठकमा मन्त्रालय भागबन्डाबारे मोटामोटी सहमति भएको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच आज छलफल भएको थियो ।

    अब कांग्रेसले सञ्चार, महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लिने भएको बालुवाटार स्रोतको भनाई छ ।

    कांग्रेसले यसअघि गृह, परराष्ट्र, कानुन मन्त्रालय र स्वास्थ्य राज्यमन्त्री पनि लिइसकेको छ । कांग्रेसले जम्मा सात मन्त्रालय लिने सहमति भएको थियो ।

    यस्तै नेकपा माओवादी केन्द्रले अब भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषि तथा पशुपंक्षी मन्त्रालय लिने सहमति छ । माओवादीले अर्थ र ऊर्जा मन्त्रालयमा मन्त्री पठाइसकेको छ ।

    नेकपा (एकीकृत समाजवादी)ले रक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, सहरी विकास, युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको छ ।

    जनता समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय लिने मोटामोटी सहमति स्रोतको भनाई छ ।

    बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने गरी तयारी गरिएको छ । कांग्रेस सभापति देउवा गत असार २९ मा प्रधानमन्त्री भएका थिए ।

    अहिलेसम्म कांग्रेसबाट तीन मन्त्री र २ राज्यमन्त्री तथा माओवादीबाट २ मन्त्री मात्रै छन् ।

    प्रधानमन्त्रीको सपथ लिएको दुई महिना वितिसक्दा पनि देउवाले मन्त्रीपरिषद्लाई पूर्णता दिन नसक्दा आफ्ना पार्टी र गठबन्धनभित्रकै नेताहरुले आलेचना गरिरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology