भारतीय अभिनेत्री यमी गौतमले आफू वर्षौँदेखि कहिल्यै ठिक नहुने ‘केराटोसिस पिलारिस’ नामक छालासम्बन्धी समस्यासँग जुधिरहेको खुलासा गरेकी छिन् ।
पछिल्लो समय प्रदर्शनमा आएको ‘भूत पुलिस’ फिल्मका कारण चर्चामा रहेकी यमीले सामाजिक सञ्जालमा नयाँ फोटो पोस्ट गर्दै लेखेकी छिन्, ‘मेरो इन्स्टा परिवारलाई नमस्कार । मैले हालै फोटो सेसन गराएँ ।
ती फोटाहरूमा मेरो स्क्रिन प्रोब्लम ‘केराटोसिस पिलारिस’ लाई लुकाउन पोस्ट प्रोडक्सनमा पठाउनु थियो, त्यतिबेला मैले सोचें, यमी तँ सत्यलाई किन स्वीकादिनेस् ? जसलाई यो समस्याबारे थाहा छैन, म बताउँछु कि यो रोग लागेपछि स्क्रिनमा छोटाछोटा दाना पलाउँछन् ।
म त्यही समस्याबाट पीडित छु ।’ उनले आफूलाई यो समस्या टिनएजबाटै सुरु भएको र यसको अहिलेसम्म कुनै उपचार नभएको समेत बताएकी छिन् ।
‘मैले वर्षौँदेखि यो समस्या झेलिरहेकी छु,’ उनले लेखेकी छिन्, ‘अहिले आएर मलाई मैले भोगिरहेको समस्या सबैलाई बताउन मन लाग्यो । सत्यलाई सबैसामु राख्ने हिम्मत गरेँ ।
म आफूलाई अद्भूत महसुस गरिरहेकी छु ।