Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतमा कोरोनाभाइरसबाट थप १८ हजार ३४६ जना सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट थप १८ हजार ३४६ जना सङ्क्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १९, २०७८ मंगलवार • १६:०४:०४ बजे
  • 859
    SHARES
  • भारतमा कोरोनाभाइरसबाट थप १८ हजार ३४६ जना सङ्क्रमित

    भारतमा कोरोनाभाइरसबाट थप १८ हजार ३४६ जना सङ्क्रमित भएका छन् । सङ्क्रमितको यो संख्या छ महिनायताको नै कम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

    images

    भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या दुई लाख ५२ हजार ९०२ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    सक्रिय सङ्क्रमितको यो संख्या २०१ दिन यताको नै कम हो । भारतमा पछिल्लो समय दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको तथ्याङ्कले देखाएको छ ।

    दैनिक सङ्क्रमितको सङ्ख्याभन्दा दैनिक सङ्क्रमणमुक्त हुनेको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको हो ।

    सोमबार दिनभरमा १८ हजार ३४६ सङ्क्रमित हुँदा २९ हजार ६३९ जना सङ्क्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड ३१ लाख ५० हजार ८८६ रहेको अधिकारीले जनाएका छन् ।

    भारतको चिकित्सा अनुसन्धान परिषद्काअनुसार कोरोना शुरु भएदेखिहालसम्म भारतमा ५७ करोड ५३ लाख जना कोरोना परीक्षण गरिएको छ ।

    भारतमा गत जनवरी १६ तारिखबाट कोरोनाविरुद्ध खोप अभियान शुरु गरिएको हो सो समयबाट हालसम्म करिब ९१ करोड डोज खोप लगाइएको छ ।

  • सम्बन्धित विषय:

  • # भारतमा कोरोनाभाइरस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology