Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेकपा एकीकृत समाजवादीले रक्षासहित ५ मन्त्रालय पाउने,२१ गते सपथ (सूचीसहित)

नेकपा एकीकृत समाजवादीले रक्षासहित ५ मन्त्रालय पाउने,२१ गते सपथ (सूचीसहित)

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १९, २०७८ मंगलवार • १९:०८:२२ बजे
  • 1.8K
    SHARES
  • नेकपा एकीकृत समाजवादीले रक्षासहित ५ मन्त्रालय पाउने,२१ गते सपथ (सूचीसहित)

    पोखरा । सत्तारुढ गठबन्धन दलहरुबीच मन्त्रालयको भागबन्डामा लगभग सहमति भएको छ । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्ले पूर्णता दिने तयारी गरेका छन् ।

    images

    मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा मन्त्रालयको भागबन्डामा सहमति भएको हो । नेकपा एकीकृत समाजवादीले रक्षासहित ५ मन्त्रालय पाउने भएको छ ।

    नेकपा एसका एक केन्द्रीय सदस्यले एकीकृत समाजवादीले रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ ।

    नेकपा एसबाट विरोध खतिवडाको नेतृत्वमा प्रेम आलेमगर ,रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, मेटमणी चौधरी,र भवानी खापुङ मन्त्री बन्ने बताइएको छ।

    नेकपा एसले एक राज्य मन्त्री पनि पाउने बताइएको छ । किसान श्रेष्ठको नाम पनि चर्चामा छ ।

    यसैबीच नेकपा एसका केन्द्रीय सदस्य मेटमणि चौधरीले २१ गते मन्त्रिपरिषद् विस्तार हुने र सबैले एकैपटक सपथ लिने बताए ।

    एकीकृत समाजवादीले राज्यमन्त्रीमा कसलाई पठाउने भन्नेबारे पार्टीभित्र आन्तरिक छलफल भइरहेको छ । एकीकृत समाजवादीका नेताहरू अहिले आन्तरिक छलफलमा छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology