Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सत्ता गठबन्धन दलहरू मन्त्री बन्नेहरुको नामबारे टुंगो लगाउन आज छलफलमा जुट्दै

सत्ता गठबन्धन दलहरू मन्त्री बन्नेहरुको नामबारे टुंगो लगाउन आज छलफलमा जुट्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २०, २०७८ बुधवार • ०९:३३:५१ बजे
  • 1.1K
    SHARES
  • सत्ता गठबन्धन दलहरू मन्त्री बन्नेहरुको नामबारे टुंगो लगाउन आज छलफलमा जुट्दै

    सत्ता गठबन्धनमा आबद्ध दलहरू मन्त्री बन्नेहरुको नामबारे टुंगो लगाउन आज छलफलमा जुट्दै छन् ।

    images

    आज बेलुकासम्ममा मन्त्री बन्नेको नाम टुङ्गो लगाएर भोलि घटस्थापनाको दिन मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी रहेको छ ।

    मन्त्रीको नाम टुङ्गो लगाउन उनले आज आफ्नो दलमा छलफल गर्ने तयारी गरेका छन । त्यस्तै माओवादी केन्द्रले आज दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाएको छ ।

    माओवादी केन्द्रमा मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ । तर, मन्त्रीका आकाङ्क्षी धेरै हुँदा प्रचण्डलाई मन्त्री बन्नेको नाम टुङ्गाउन निकै सकस भएको छ । त्यस्तै, एकीकृत समाजवादी र जसपा पनि आज छलफलमा जुट्दै छन् । जसपाले मन्त्रीहरूको नाम टुङ्गो लगाउन आज कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

    यसअघि सत्ता गठबन्धनबीच हिजो मन्त्रालयको भागबन्डाको विषयमा सहमति भैसकेको छ । योसंगै आज बेलुकीसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको छ ।

    दलहरुबीचको सहमतिअनुसार अहिले गृह, परराष्ट्र र कानुन मन्त्रालय लिइसकेको नेपाली कांग्रेसले अब सञ्चारसहित चार वटा मन्त्रालय लिनेछ ।

    त्यस्तै, अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको माओवादी केन्द्रको भागमा ६ वटा मन्त्रालय परेको छ भने नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाको भागमा चार÷चार मन्त्रालय परेको छ ।

    अहिले कांग्रेससँग रहेको कानुन मन्त्रालय एकीकृत समाजवादीलाई दिने सहमति बनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अतिरिक्त एक मन्त्रालय राखेका छन ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको कोटाका लागि प्रधानमन्त्री देउवाले एक मन्त्रालय राखेको अनुमान गरिएको छ । तर, यसबारे पुष्टि भने भैसकेको छैन ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology