Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा सुदिन पौडेल सर्वसम्मत चयन

अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा सुदिन पौडेल सर्वसम्मत चयन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २०, २०७८ बुधवार • १६:५६:०३ बजे
  • 1.1K
    SHARES
  • अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा सुदिन पौडेल सर्वसम्मत चयन

    नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा सुदिन पौडेल सर्वसम्मत चयन भएका छन् । असोज ९ गते भएको गण्डकी प्रदेशको सम्मेलनबाट पौडेल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।

    images

    अखिल क्रान्तिकारी गण्डकी प्रदेशको अध्यक्षका लागि नारायण बडालले आकांक्षा देखाएका थिए। तर, अन्तिममा पौडेलको नाममा सहमति भएको हो।

    यसअघि पौडेल अखिल (क्रान्तिकारी) म्याग्दीको अध्यक्ष हुँदै गण्डकी प्रदेशको सहसंयोजक थिए। अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशले अब ११ पदाधिकारी र १११ प्रदेश समिति बनाउने प्रस्ताव गरेको छ।

    अरु पदाधिकारी पछि प्रदेश पार्टीसँगको समझदारीमा टुंगो लगाइने अध्यक्ष पौडेलले जानकारी दिए। असोज ९ गते अखिल (क्रान्तिकारी) ले गण्डकी प्रदेशको सम्मेलन गरेको थियो। 

    सम्मेलनले नेतृत्व टुंगाउन नसकेपछि क्रान्तिकारीको केन्द्रीय नेतृत्वले प्रदेश अध्यक्षहरुमा सहमति जुटाएको हो।

    राष्ट्रिय सम्मेलनअघि भएका प्रदेश सम्मेलनहरुमा लुम्बिनी प्रदेशबाहेक अन्यत्र नेतृत्व चयन हुन सकेको थिएन।

    संगठनमा नेतृत्वका आकांक्षी धेरै भएकाले केन्द्रीय नेतृत्वले नै हस्तक्षेप गरेर सात वटै प्रदेशका अध्यक्षहरुको टुंगो लगाएको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology