नेपाली कांग्रेसको पदाधिकारी बैठक बालुवाटारमा सुरु भएको छ । आफ्नो दलबाट मन्त्री चयन गर्नका लागि पदाधिकारी बैठक बसिरहेको छ ।
पदाधिकारी बैठकअघि संस्थापनइतरका दुई पक्षका नेताहरुले छुट्टाछुट्टै छलफल गरेका थिए , वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु उनको निवास बोहराटारमा छलफल गरी बालुवाटार पुगेका छन् ।
त्यस्तै, नेता कृष्णप्रसाद सिटौला पक्षको बैठक जमलमा बसेको थियो । कांग्रेसको भागमा रहेको तीन मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफूनिकट मन्त्री बनाइसकेका छन् । संस्थापनइतरका भागमा ३ मन्त्रालय परेका छन् । स्वास्थ्य तथा जनसंख्या, सञ्चार र महिला तथा बालबालिका मन्त्रालय कांग्रेसको भागमा परेको छ ।
सरकारले भोलि पूर्णता पाउने भएको छ । सत्तारुढ गठबन्धन दलले भोलि दिउँसो मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको हो । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य मेटमणि चौधरीले भोलि दिउँसो ३ बजे मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिएका छन् ।
‘मन्त्रिपरिषद् विस्तारको सबै तयारी पूरा भइसकेको छ’, उनले भने, ‘भोलि दिउँसो ३ बजे मन्त्रिपरिषद् विस्तार हुन्छ ।’ हिजो सत्तारुढ दलको बैठकले मन्त्रालय बाँडफाँट गरेको हो ।
बाँडफाँटअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित आठ, माओवादी केन्द्रले छ, नेकपा (एस) र जसपाले चाररचारवटा मन्त्रालय लिने सहमति भएको एक नेताले जानकारी दिए ।
सत्तारुढ तीन दलले एकरएक राज्यमन्त्री पाउने सहमति गरेका छन् ।