Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

माओवादीले महेश्वर गहतराज सहित ३ मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगायो

माओवादीले महेश्वर गहतराज सहित ३ मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगायो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २०, २०७८ बुधवार • १९:०६:५४ बजे
  • 2.0K
    SHARES
  • माओवादीले महेश्वर गहतराज सहित ३ मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगायो

    नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ।

    images

    बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुंगो लगाएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । ती स्थायी कमिटी सदस्यका अनुसार देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज र मोधमाया यादवको नाम टुंगो लगाइएको हो ।

    ४ जनामध्ये बोधामाया राज्यमन्त्रीको भूमिकामा रहनेछिन् । पौडेल बागलुङबाट निर्वाचित सांसद हुन् भने शशी श्रेष्ठ हाल राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य समेत रहेकी छिन् ।

    यस्तै मोधमाया माओवादीको जययुद्धकालीन सहिद रामवृक्ष यादवको छोरी हुन् । यसअघि माओवादीको तर्फबाट देउवा सरकारमा दुई मन्त्री सहभागी थिए ।

    जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्रीको रुपमा रहेकोमा आज थप ३ मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लागेसँगै माओवादीले आफ्नो भागमा परेका सबै मन्त्रीको नाम टुंगो लगाएको छ ।

    आज छानिएका मन्त्रीहरुको मन्त्रालयबारे भने खुलाइएको छैन ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology