Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मुख्यमन्त्री शाक्यले असोज २४ गते विश्वासको मत लिने

मुख्यमन्त्री शाक्यले असोज २४ गते विश्वासको मत लिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २१, २०७८ बिहिवार • ०९:३९:४० बजे
  • 682
    SHARES
  • मुख्यमन्त्री शाक्यले असोज २४ गते विश्वासको मत लिने

    बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी गरेकी छिन् । मुख्यमन्त्री शाक्यले असोज २४ गते नवौं (हिउँदे) अधिवेशन आह्वान गरेर त्यसै दिन प्रदेश सभामा विश्वासको मत लिने निर्णय गरेकी हुन् ।

    images

    बुधबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले असोज २४ गते आइतबार दिउँसो ३ बजे प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।

    हाल प्रदेश सभामा १ सय ९ सदस्य रहेका छन् । एमाले छुट्टिएपटि पनि सबैभन्दा ठूला दल नेकपा एमाले नै रहेको छ । एमालेबाट प्रदेश सभामा ४३ सांसद छन्।

    , माधव नेपाल समूह एमालेबाट अलग्गिएर गएपछि एमालेकी मुख्यमन्त्री शाक्य अल्पमतमा छिन् । उनले प्रदेशसभामा विश्वासको मत ५५ सांसदको समर्थन पाउनुपर्छ । तर, उनीसँग विश्वास जुटाउने कुनै पनि आधार देखिँदैन ।

    जबकि सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेसको २२, माओवादी केन्द्रको २३, नेकपा एकीकृत समाजवादीका १३ गरी ५८ सांसद हुन्छन् ।

    जुन सरकार गठन गर्नका लागि आवश्यक बहुमत हो । गठबन्धन बाहिरका विवेकशील साझाका ३, राप्रपा र नेमकिपाको २÷२ र एक जना स्वतन्त्र गरी ८ सांसद छन् । यी सबै सांसद गन्दा ५१ जना मात्र हुन्छ र अझँै ४ जना सांसदको मत पाउनुपर्छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology