Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मन्त्रिपरिषद विस्तार: आज पूर्णता पाउँदै

मन्त्रिपरिषद विस्तार: आज पूर्णता पाउँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २१, २०७८ बिहिवार • ०९:४१:४९ बजे
  • 1.1K
    SHARES
  • मन्त्रिपरिषद विस्तार: आज पूर्णता पाउँदै

    सरकार गठन भएको तीन महिना पुग्दै लाग्दा मन्त्रिपरिषद विस्तारको कामले आज पूर्णता पाउँदैछ ।

    images

    सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुबीच मन्त्रालय बाँडफाँटको विषयमा सहमति भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन ।

    नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य मेटमणि चौधरीले आज दिउँसो ३ बजे मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए । ‘मन्त्रिपरिषद् विस्तारको सबै तयारी पूरा भइसकेको छ’, उनले भने, बिहीबार दिउँसो ३ बजे मन्त्रिपरिषद् विस्तार हुन्छ ।’

    यसअघि मंगलबार सत्तारुढ दलको बैठकले मन्त्रालय बाँडफाँट गरेको थियो । जसअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित आठ, माओवादी केन्द्रले छ, नेकपा (एस) र जसपाले चार/चारवटा मन्त्रालय लिने सहमति भएको एक नेताले जानकारी दिए ।

    सत्तारुढ तीन दलबीच एक/एक राज्यमन्त्री लिने सहमति गरेका भएको छ ।

    नेकपा एसको स्थायी कमिटी बैठक बस्दै


    सत्ता गठबन्धनमा आवद्ध दल नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ ।

    आज बिहान १० बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउने उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

    नेकपा एकीकृत समाजवादीले निश्चित मापदण्डका आधारमा मन्त्री छनोट गर्ने जनाएको छ । यसैबीच नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी आज समाजवादीमा प्रवेश गर्दैछन् ।

    जोशीलाई अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश गराउँदै छन् । पुर्व वन मन्त्री समेत रहेका जोशी बझाङ क्षेत्र नं १ बाट २०५१ सालमा प्रतिनिधि सभा सदस्य र २०६४ सालमा सोही क्षेत्रबाट संविधानसभा सदस्य चुनिएका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology