Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका छैन : भारत

गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका छैन : भारत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २५, २०७७ आइतवार • २१:४८:५८ बजे
  • 1.7K
    SHARES
  • गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका छैन : भारत
    भारतीय विदेश मन्त्रालयले विदेशीमन्त्री एस. जयशंकरले नेपाल भूमिमा जन्मेका गौतम बुद्धलाई ‘भारतीय’ भन्दै दिएको अभिव्यक्तिको खण्डन गरेको छ ।

    मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले आइतवार एक विज्ञप्ति जारी गर्दै गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नरहेको प्रष्टीकरण दिएका हुन् । विदेश मन्त्रालयले जयशंकरको अभिव्यक्ति साझा बौद्ध विरासतको सन्दर्भमा आएको भन्दै प्रष्टिकरण दिएको छ ।

    शनिबार भारतीय विदेश मन्त्री एस जयशंकरले बुद्धलाई ‘महान् भारतीय’ भनेका थिए । त्यसको नेपालमा चर्को विरोध भएको छ । नेपालका ठूला राजनीतिक दलका नेताहरुले पनि जयशंकरको अभिव्यक्तिलाई आपत्तिजनक अभिव्यक्तिको संज्ञा दिएका छन् ।
    नेपाल सरकारले पनि परराष्ट्र मन्त्रालय मार्फत विज्ञप्ति जारी गर्दै बुद्ध नेपालमा जन्मिएकोमा कुनै दुविधा नभएको र यसको यथेष्ट प्रमाण पनि भएको बताएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology